(Japan) 29 th July | 2026 | Wednesday | 4:29:37 AM || (Nepal) 1:14:37 AM
 
 

'जापानमा नर्सिङ कर्मचारी र बृद्धहरुलाई कोरोना खोप एकै पटक'

  POSTED ON : Sunday, 07 March, 2021 | Views : 3366

'जापानमा नर्सिङ कर्मचारी र बृद्धहरुलाई कोरोना खोप एकै पटक'


टोकियो, जापान ।

कोरोना भाइरस खोपको बारेमा संवैधानिक लोकतान्त्रिक पार्टीले भनेको छ कि वर्तमान सरकारको प्रतिक्रिया पर्याप्त छैन । किनभने दीर्घकालीन देखभाल सुविधाका कर्मचारीहरु जो अधिकाशं समय गम्भीर जोखिममा रहेका मानिसहरुसंग कुरा गर्छन् उनीहरु बुजुर्गहरु जस्तै हुन् । अर्थात् नर्सिङ केयरमा काम गर्ने व्यक्तिहरुलाई प्राथमिकता सहित खोप लगाउनु पर्दछ ।

उक्त पार्टीले अर्को महिना शुरू हुने तालिका राखिएको बृद्धहरुसँगै ठीक समयमा खोप सुरु गर्न र नरसिङ केयरका सम्पूर्ण कर्मचारीहरुलाई खोप लगाउन सिफारिस गरेको छ ।

अस्पतालहरुका चिकित्सकहरुपछि सरकारले आउँदो महिनाको १२ तारिखबाट वृद्ध मानिसहरुलाई लक्षित गरेर खोप लगाउन थाल्ने तालिका बनाएको छ । अप्रिलको अन्त्यबाट मात्र प्राथमिकता राखेका व्यक्तिहरु बाहेकमा खोप लगाउने दायरा फराकिलो बनाईनेछ ।

संवैधानिक डेमोक्र्याटिक पार्टीको समीक्षाको प्रस्ताव अनुसार गम्भीर रोगको उच्च जोखिमका व्यक्तिसँग सम्पर्क राख्ने धेरै अवसर भएका मानिसहरूलाई प्राथमिकताका लागि खोप दिन यो अझ प्रभावकारी हुन्छ । त्यसैले नर्सिङ केयरमा कार्यरत नर्स वा परीचालिकालाई सोही समयमा सुरू गर्न सिफारिस गरिएको छ ।

थप रूपमा माई नम्बर प्रयोग गरेर व्यक्तिगत आधारमा खोपको स्थिति बुझ्ने नयाँ प्रणाली यो समय सम्भव नभएको र यसले झन गोलमाल गराउने जोखिम रहेकोमा समेत संवैधानिक लोकतान्त्रिक पार्टीले सरकारलाई आफ्नो सिफारिसमा उल्लेख गरेको छ ।