(Japan) 29 th July | 2026 | Wednesday | 4:29:03 AM || (Nepal) 1:14:03 AM
 
 

कोरोनाको थप ५ लाख २६ हजार खोप जापान आईपुग्यो

  POSTED ON : Tuesday, 02 March, 2021 | Views : 2190

कोरोनाको थप ५ लाख २६ हजार खोप जापान आईपुग्यो


टोकियो, जापान ।

अमेरिकी फर्मा कम्पनी फाइजरको कोरोना विरोधी खोपको तेस्रो ब्याच जापान आइपुगेको छ । कोरोना विरोधी खोप लगाउने कार्यक्रम स्वास्थ्य हेरचाहकर्मीहरुमा विस्तार गर्ने तयारी चलिरहेकै बेलामा ५ लाख २६ हजार ५०० डोज खोप आइपुगेको हो ।

खोप बेल्जियममा रहेको कम्पनीको कारखानाबाट जापानको नारिता विमानस्थल पठाइएको छ । मार्चमा मात्रै कम्पनीले जापानलाई २६ लाख ६० हजार खोपको डोज पठाउने सरकारले बताएको छ ।

जापानले अहिलेले अमेरिकी फर्मा कम्पनी जोन्सन एण्ड जोन्सन (जेएण्डजे)को एक डोज मात्रै लगाए हुने कोभिड विरोधी खोपको पनि क्लिनिकल अध्ययन गरिरहेको मन्त्री परिषद्का मुख्य सचिव खाचुनोबु कातोले पत्रकार सम्मेलनमा बताए ।

अमेरिकी औषधि नियामक एफडीएले गत हप्ता मात्रै जेएण्डजेको सो खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको थियो । कम्पनीको एक डोज मात्रै लगाए पुग्ने कोभिड–विरोधी खोप अमेरिकामा अनुमति दिइएको यस्तो खालको पहिलो खोप हो । फाइजर र मोडेर्नाको खोपको भने दुई ओटा डोज लगाउनु पर्छ ।