(Japan) 29 th July | 2026 | Wednesday | 4:30:40 AM || (Nepal) 1:15:40 AM
 
 

जापानमा २२ हजारले खोप लगाए-तेस्रो खेप २६०,००० खोप आईपुग्दै

Sima Khadka   POSTED ON : Monday, 01 March, 2021 | Views : 2342

जापानमा २२ हजारले खोप लगाए-तेस्रो खेप २६०,००० खोप आईपुग्दै


टोकियो, जापान ।

दुई सातामा जापानमा २६ हजार व्यक्तिले कोरोना भाइरस बिरुद्धको खोप लगाएका छन् ।

जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले खोप लगाएका चार जनामा मात्र सामान्य असर देखिएको जनाउँदै खोपले गम्भीर असर कसैमा नपारेको जनाएको छ ।

यो खोप लगाइएको मानिसको संख्याको अनुपातमा शून्य दशमलव शून्य १४ प्रतिशतमा असर देखिएको मन्त्रालयको भनाई छ । बिहिबारसम्ममा जापानमा २१ हजार ८०० जनाले खोपको पहिलो मात्रा लगाएका छन् ।

जापानभर रहेका करिव एक सय अस्पतालका स्वास्थ्यकर्मीहरुले पहिलो चरणको खोप कार्यक्रम अन्तर्गत फेब्रुअरी १७ देखि फाइजर ईंक कम्पनीको खोप लगाइरहेका छन् ।

खोप लगाएर असर देखिएकामा १९ फेब्रुअरीमा एक जनालाई खोप लगाएपछि फूड एलर्जीको समस्या, एक व्यक्तिको छालामा डाबर आएको थियो भने मुखमा पनि बिबिरा देखिएको थियो ।

सोही दिन स्नायुसम्बन्धी रोग भएकी ४७ वर्षिय एक महिलामा भने काम्ने लगायत समस्या देखिएको थियो । सोमबार भने ४० वर्षकी अर्की महिलामा एडिन्यामियाको लक्षण देखिनुका साथै ज्वरो पनि आएको थियो ।

चारै जनामा खोप लगाएकै दिन साइड इफेक्ट देखिएको र निको पनि भइसकेको अधिकारीहरुले बताएका छन् । खोप लगाउने कसैको पनि मृत्यु भएको छैन ।

यसैबिच खोप आपुर्तीको क्रममा तेस्रो खेपको रुपमा सोमबार २ लाख ६० हजार मात्रा खोप जापान आईपुग्दैछ ।

फाईजर ईंक कम्पनीले नियमित आपुर्तीको क्रममा हालसम्म ५ लाख २० हजार डोज खोप दुई खेपमा आपुर्ती गरिसकेको छ । तेस्रो खेप आईपुगेपछि जापानमा खोपको मात्रा आपुर्ती ६ लाख ८० हजार पुग्नेछ ।

करिव ४ करोड ७० लाख खोप आपुर्तीको सम्झौता गरिएको कम्पनीले उत्पादन सिमितताका कारण युरोपेलि देशले खोप निर्यातमा कडाई गर्दा अपेक्षाकृत ढुवानि गर्न नसकेको बताईएको छ । यसको असर स्वरुप जापान सरकारले खोप लगाउने गतिलाई बढाउन सकिरहेको छैन ।