(Japan) 29 th July | 2026 | Wednesday | 4:29:46 AM || (Nepal) 1:14:46 AM
 
 

कोरोनाका बिरामीको उपचारमा पुन आभिगानको परीक्षण थालिंदै

  POSTED ON : Tuesday, 23 February, 2021 | Views : 2862

कोरोनाका बिरामीको उपचारमा पुन आभिगानको परीक्षण थालिंदै


टोकियो, जापान ।

जापानी कम्पनी फुजिफिल्म होल्डिङ्सले कोभिड-१९ को उपचारमा एन्टिभाइरल औषधि आभिगानको क्लिनिकल परीक्षण सुचारु गर्ने भएको छ । निक्केई पत्रिकाले आइतबार बताएको हो ।

डिसेम्बरमा स्वास्थ्य मन्त्रालयको समितिले परीक्षणको डेटा निस्कर्ष बिहिन भएको बताएपछि औषधिको प्रयोगलाई घरेलु अनुमतिमा ढिलाइ भएको थियो । नयाँ परीक्षणमा करीब २७० बिरामी संलग्न हुने निक्केईको भनाइ छ ।

कम्पनीले अक्टोबरसम्ममा अनुमति लिन खोजेको छ । यसबारे सोधिएको प्रश्नमा फुजिफिल्मले कुनै प्रतिक्रिया नदिएको बताइएको छ । जापानले फाभिपिराभिर नामक आभिगानलाई फ्लुको आपतकालीन उपचारमा औषधिको रुपमा प्रयोग गर्ने अनुमति दिएको छ ।

जनावरहरुमा गरिएको परीक्षणमा औषधिले बच्चाहरुमा जन्मजात नै समस्या भएको र कोभिड विरुद्ध यसको प्रभावकारिता प्रमाणित गर्न पनि कठिन भएकोले यसको प्रयोगबारे चिन्ता भने कायमै छ ।

आभिगानलाई रुस, भारत र इन्डोनेशियामा भने कोभिडको उपचारका लागि अनुमति दिइएको छ । जापान सरकारले आभिगान औषधिको भण्डारण तेब्बर बनाउन आग्रह गरेको थियो ।