टोकियो, जापान ।
टोकियोमा फेब्रुवरी २२ तारिख तीन महिनापछिकै न्यून कोरोना संक्रमण पुष्टि भएको छ । टोकियो महानगरका अनुसार सोमबार २ सय भन्दा कम नयाँ कोरोना भाइरसका बिरामी भेटिएका छन् ।
दिउँसो ३ बजेसम्मको विवरण अनुसार केवल १७८ जनामा कोरोना संक्रमण पाईएको महानगरले जारी गरेको तथ्यांकमा उल्लेख छ ।
टोकियोमा २ सय भन्दा कम कोरोनाका बिरामी भेटिएको सन् २०२० को नोभेम्वर २४ तारिख पछिको पहिलो पटक हो । गत नोभेम्वर २४ मा १८८ जना संक्रमित पाईएको थियो । टोकियोमा लगातार ५ सय भन्दा कम कोरोनाका संक्रमित पाईएको १६ औं दिन हो ।
आज थपिएका सहित टोकियोमा कुल कोरोनाका बिरामीको संख्या १ लाख ९ हजार ९ सय १२ पुगेको छ ।
टोकियो महानगरको मापदण्ड अनुसार हाल ७६ जना कोरोनाका गम्भिर बिरामी रहेका छन ।
टोकियोमा कुल संक्रमित मध्ये १ लाख ५ हजार व्यक्ति निको भईसकेका छन् । यसैगरी कोरोना संक्रमणबाट निधन हुनेको संख्या १२ सय ६५ पुगेको महानगरको तथ्यांकमा उल्लेख छ ।