(Japan) 29 th July | 2026 | Wednesday | 4:30:01 AM || (Nepal) 1:15:01 AM
 
 

जापानमा कोरोना उपचारमा संलग्न स्वास्थ्यकर्मीमाथि ७ सय उत्पीडन र भेदभावका घटना

Prakash Panta   POSTED ON : Sunday, 07 February, 2021 | Views : 3216

जापानमा कोरोना उपचारमा संलग्न स्वास्थ्यकर्मीमाथि ७ सय उत्पीडन र भेदभावका घटना


टोकियो, जापान ।

कोरोना भाइरस उपचारमा संलग्न स्वास्थ्यकर्मीहरु बिरुद्ध जापानमा ७ सय उत्पीडन र भेदभावका घटना भएका छन् ।

जापान मेडिकल एसोसिएसनले गरेको एक सर्वेक्षण अनुसार गत वर्षको अक्टोबरदेखि डिसेम्बर महिनामा ६९८ वटा स्वास्थ्य उपचारमा संलग्न चिकित्साकर्मी विरुद्ध उत्पीडन र भेदभावको घटना भएका छन् ।

प्रिफेक्चुरल मेडिकल एसोसिएशनहरूको माध्यमबाट जापान मेडिकल एसोसिएसनले गरेको सर्वेक्षण अनुसार स्वास्थ्यकर्मीहरू र उनीहरूका परिवारहरू विरुद्ध उत्पीडन र भेदभावको घटनाहरु रिपोर्ट गरिएका छन् जुन गत वर्ष अक्टोबरदेखि डिसेम्बरसम्म पुष्टि भएका थिए ।

केही त्यस्ता केसहरू भएका छन् जहाँ चिकित्सा संस्थानहरूलाई सामाजिक संजालमा गलत जानकारी लेख्न वा संक्रमित कर्मचारीहरूको ठेगाना प्रदान गर्न दबाव दिईएको छ ।

जापान मेडिकल एसोसिएशनले स्वास्थ्यकर्मीमाथि देशव्यापी तवरमा त्यस्ता घटना भइरहेको जनाएको छ । घटनाहरु अधिकांश सार्वजनिक नभएका भेदभावको मामलाहरु भएको र चिकित्साकर्मीमाथि मानसिक क्षतिको बारेमा चिन्ता व्यक्त गरिएको छ ।