टोकियो, जापान ।
बेलायतको अस्ट्राजेनेका फर्मास्युटिकलले शुक्रबार जापानको स्वास्थ्य मन्त्रालयमा औपचारिक रुपमा आफ्नो कोरोना भाइरस खोप स्वीकृत गर्न आवेदन दिएको छ ।
यो दोस्रो औषधि निर्माता कम्पनी हो जसले अमेरिकन फार्मास्युटिकल जायन्ट फाइजर इंकले आवेदन दिएर स्वीकृत हुने संघारमा आवेदन दिएको छ ।
अस्ट्राजेनेका फर्मले विदेश र जापानमा भएका परीक्षणहरूको आधारमा द्रुत गतीमा स्वीकृति चाहिरहेको छ । अक्सफोर्ड विश्वविद्यालयको साथ विकसित गरिएको अस्ट्राजेनेका खोप जापानले ६ करोड मात्रा किन्ने समझदारी गरेको छ । अस्ट्राजेनेकाको खोप जापानमा नै ४ करोड मात्रा घरेलु उत्पादन गर्ने लक्ष्य स्वास्थ्य मन्त्रालयले राखेको छ ।
अस्ट्राजेनेकाले जापानमा उत्पादन गरिने १२ करोड खोपहरु आपुर्ति गर्न तीन पश्चिमा देशहरु राजि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
फाइजर कम्पनीको खोप भण्डारण गर्न ७५ डिग्रि माइनस तापक्रम आवश्यक पर्दछ । यसैगरी मोडेर्ना कम्पनीको खोपको भण्डारण २० डिग्रि माइनस तापक्रम आवश्यक पर्दछ ।
अष्ट्राजेनेका कम्पनीको खोप भने केवल २ देखी ८ डिग्रि तापक्रम भए पुग्छ । खोपलाई ६ महिनासम्म भण्डारण गर्न सकिने भएकाले यसलाई सर्वसुलभ भ्याक्सिन हुने ठानिएको छ ।
मेडिकल संस्थानहरूमा रहेको फ्रिजमा नै व्यवस्थापन गर्न सकिने तथा सहज व्यवस्थापनमा खोप आपूर्ति गर्न सकिने कम्पनीले जनाएको छ ।