गुन्मा, जापान ।
पछिल्लो समय जापानभर कोभिड-१९ को संक्रमण बढिरहेको छ । यस्तोमा भाइरसको संक्रमण लाग्न नदिन वा टाढा भगाउन मानिसहरुले बलुन हेल्मेट, हलुवावेदको चित्र बनाउनेसम्म विविध उपायहरु अपनाइरहेका छन् ।
अब भने तपाईले अपेक्षा नगरेको कुरा आएको छ । गुन्मा प्रिफेक्चरको कुसाचु ओन्सेनको युबाताके हट स्प्रिङ । नुहाउन मिल्ने निसंक्रमण । कस्तो रमाइलो है ?
यो रिजोर्टको तातो झरनामा बग्ने पानीमा हालै भएको एक परीक्षण गरिएको थियो । यस क्रममा पानीमा कोभिड – १९ का कोषहरु ९० प्रतिशतभन्दा धेरै अप्रभावकारी भएको पाइयो ।
गुन्मा विश्वविद्यालयको एक टोलीले युबातोकेको तातो झरना र स्थानीय धाराको पानीमा कोरोना भाइरसको नमूना राखेका थिए । यस क्रममा भाइरस धाराको पानीमा खासै धेरै निस्कृय भएन । तर ओन्सेनको पानी भने यस काममा निकै प्रभावकारी रह्यो ।
यस समाचार प्रति अनलाइनमा सकारात्मक प्रतिक्रिया आएको छ । धेरै जसो यो खबरले खुसी छन् । यो कुसाचु ओन्सेन र अन्य ओन्सेनका लागि पनि सुखद खबर हो ।
युबाताकेको स्रोत आसपास तीन स्थानमा प्राकृतिक हात धुने झरना बनाउने योजना ओन्सेनको छ । कोरोना भाइरसमा कुन कस्तो खालको पानी प्रभावकारी छ र किन भन्नेबारे थप अनुसन्धान हुनु जरुरी छ । तर यसलाई बोतलमा राखेर ह्यान्ड स्यानिटाइजरको रुपमा भने बेच्ने सम्भावना छ । यसले कुसाचुको आम्दानी पनि बढाउनेछ ।