(Japan) 28 th July | 2026 | Tuesday | 4:28:24 AM || (Nepal) 1:13:24 AM
 
 

जोनसन कम्पनीको कोरोना खोप एक डोजमै ६६ प्रतिशत प्रभावकारी

Sangita Bhatta   POSTED ON : Saturday, 30 January, 2021 | Views : 5100

जोनसन कम्पनीको कोरोना खोप एक डोजमै ६६ प्रतिशत प्रभावकारी


टोकियो, जापान ।

जोनसन एण्ड जोनसन कम्पनीले बनाएको कोरोना भाइरस बिरुद्धको खोप ६६ प्रतिशत प्रभावकारी देखिएको छ ।

कम्पनीले आफुले बनाएको खोपले मध्यम र गम्भीर कोरोना संक्रमितलाई निको पार्न ६६ प्रतिशत प्रभावकारी काम गर्ने जनाएको छ ।

यद्यपि दक्षिण अफ्रिकामा फैलिएको परिवर्तित संक्रामक कोरोना भाइरस बिरुद्ध भने यो केही कम प्रभावकारी भएको बताईएको छ ।

यो खोप दक्षिण अफ्रिकामा ५७ प्रतिशत प्रभावकारी पाईएको छ । जहाँ बेलायतको भन्दा फरक खालको परिवर्तित कोरोना भाइरस संक्रमण ९५ प्रतिशतमा पाईएको छ ।

खोप ल्याटिन अमेरिकामा ६६ प्रतिशत र अमेरिकामा ७२ प्रतिशत प्रभावकारी पाईएको छ । जेएण्डजे ले प्लासेबो नाम दिएको खोपको तेस्रो चरणको परीक्षण जारी रहेको जनाएको छ ।

पछिल्लो पटक उसले ४३,७८३ जनामा क्लिनिकल परीक्षण गर्दा ४६८ जना परिवर्तित संक्रामक कोरोना भाइरस संक्रमितलाई समेटेको थियो ।

अमेरिकी फर्मा स्युटिकल्स कम्पनी जेएण्डजे ले आगामी महिना आपतकालिन प्रयोग स्विकृतिको लागि अमेरिकी स्वास्थ्य निकायमा आवेदन दिने जनाएको छ ।

हाल विकास गरिएका कोरोना भाइरसका खोप भन्दा विशेष भण्डारण र आपुर्तिको सहजता रहेको बताईएको यो खोपलाई २ देखी ८ डिग्रिको तापक्रममा तीन महिनासम्म सहज भण्डारण गर्न सकिने बताईएको छ ।

कम्पनीले भ्याक्सिन आपूर्तिको लागि बेलायत, अमेरिका र युरोपेली युनियनले क्रमश १० करोड, ३ करोड र २० करोड मात्रा आपूर्ति गर्न समझदारी गरिसकेको जनाएको छ ।

यसको भ्याक्सिनलाई प्रति जोड १० अमेरिकी डलर पर्ने अनुमान गरिएको छ ।