(Japan) 17 th August | 2026 | Monday | 9:53:05 AM || (Nepal) 6:38:05 AM
 
 


जापानमा कोरोना खोप सम्बन्धी विस्तृत जानकारी सार्वजनिक गरिने

  POSTED ON : Thursday, 28 January, 2021 | Views : 3818

जापानमा कोरोना खोप सम्बन्धी विस्तृत जानकारी सार्वजनिक गरिने


टोकियो, जापान ।

कोभिड-१९ विरोधी खोपको असर र यसलाई प्रयोगका लागि अनुमति दिने प्रक्रिया सम्बन्धी जानकारी तत्कालै सार्वजनिक गर्ने योजना भएको जापानी प्रधानमन्त्री योशिहिदे सुगाले बताएका छन् ।

‘खोपको सुरक्षा र प्रभावकारिता बारे सही जानकारीहरु दिँदा आम जनताको विश्वास बढ्नेछ,’ सोमबार प्रतिनिधि सभाको बजेट समितिमा उनले भने । संक्रमण नियन्त्रणमा खोप निर्णायक रहेको र आफूहरुले यसका लागि सावधान भएर तयारी गरिरहेको समेत उनले बताएका छन् ।

यस क्रममा उनले यस वर्षको पहिलो अर्धवार्षिक अवधि भित्र सबै बासिन्दाका लागि पर्याप्त हुने खोप आवश्यक परिमाणमा सुरक्षित गर्ने सरकारी लक्ष्य समेत उनले दोहोर्याए ।

बजेट समितिको सो बैठकमा सुगा र मन्त्री परिषद्का सबै सदस्यहरुको सहभागिता थियो । यसमा आर्थिक वर्ष २०२० को लागि तेस्रो पूरक बजेटबारे आधारभूत सोधपूछ भएको थियो ।