(Japan) 17 th August | 2026 | Monday | 10:10:18 AM || (Nepal) 6:55:18 AM
 
 


'जापानमा कोरोना खोपसँग सम्बन्धित सबै खर्च सरकारले बेहोर्छ'

  POSTED ON : Thursday, 28 January, 2021 | Views : 2468

'जापानमा कोरोना खोपसँग सम्बन्धित सबै खर्च सरकारले बेहोर्छ'


टोकियो, जापान ।

जापानमा कोरोना भाइरस विरोधी खोपसँग सम्बन्धित सबै खर्च केन्द्र सरकारले बेहोर्ने खोप कार्यक्रमका प्रमुख तारो कोनोले मंगलबार बताएका हुन् ।

जापानमा फेब्रुअरीको अन्त्यमा पहिलो चरणमा खोप लगाउने कार्यक्रम शुरु गर्ने तयारी तीव्र भइरहेको छ । नियमित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

यद्यपि, खोप लगाउने कार्यक्रमको लागत भने कोउनोले सार्वजनिक गरेका छैनन् । पहिलो डोजका लागि अमेरिकी फर्मा कम्पनी फाइजरको खोप प्रयोग गरिने उनले बताएका छन् ।

चिकित्सा कामदारहरुबाट शुरु गरिने यस खोप कार्यक्रममा दोस्रो प्राथमिकतामा भने वृद्धवृद्धा, दीर्घ रोगी र वृद्धवृद्धाहरुको हेरचाह गर्ने केयर एकाईका कामदार छन् ।