(Japan) 28 th July | 2026 | Tuesday | 4:29:17 AM || (Nepal) 1:14:17 AM
 
 

कोरोनाले जापानमा अस्पताल नपुग्दै २०० जनाको निधन

  POSTED ON : Tuesday, 26 January, 2021 | Views : 2136

कोरोनाले जापानमा अस्पताल नपुग्दै २०० जनाको निधन


टोकियो, जापान ।

जापानमा कोरोना भाइरसको संक्रमणपछि अस्पताल बाहिर करीब २०० जनाको मृत्यु भएको छ । घर वा अन्य स्थानमा अचानक अवस्था बिग्रएपछि कम्तिमा १९७ जना मृत्यु भएको नेशनल पुलिस एजेन्सीले बताएको छ ।

यसमा गत वर्षको मार्चदेखि जनवरीको अन्त्यसम्मको संख्या समावेश गरिएको छ । जनवरी १ देखि जनवरी २० सम्मको तीन हप्तामा मात्रै ७५ जनाको मृत्यु भएको एजेन्सीले पूष्टि गरेको छ । यो डिसेम्बरको भन्दा पनि धेरै हो ।

डिसेम्बरमा भने ५६ जनाको मृत्यु भएको थियो । धेरैजसो अवस्थामा संक्रमितको मृत्यु भएपछि मात्रै संक्रमण पूष्टि भएको थियो । सेल्फ क्वारेन्टाइनमा बसिरहेका मानिसहरुको स्वास्थ्य अवस्थामा आउने सक्ने खराबीको संकेत पहिचान गर्न केही स्थानीय सरकारले कदम चालिरहेका छन् ।

घरमै बसिरहेका संक्रमितको चेक – जाँचको लागि नर्सहरु पठाउने वा चौबिसैं घन्टा हटलाइनमार्फत डाक्टर वा नर्ससँग कुराकानी गर्न सकिने व्यवस्था समेत मिलाइएको छ ।