टोकियो, जापान ।
टोकियो महानगरमा जनवरी २५ तारिख करिव एक महिना यताकै कम कोरोना संक्रमित पुष्टि भएका छन् ।
महागरका अनुसार दिउँसो ३ बजेसम्ममा सोमबार ६१८ नयाँ कोभिड-१९ का बिरामी पाईएका छन् ।
टोकियोमा डिसेम्बर २८ तारिखपछि पहिलो पटक ७०० भन्दा कम संक्रमित पाईएको यो पहिलो घटना भएको महानगरले जनाएको छ ।
टोकियोमा सोमबार पाईएका संक्रमितको संख्या १० देखी ९० बर्ष उमेर समुहका रहेका छन् ।
जसमा १० बर्ष उमेर समुहका २३ र ९० बर्ष उमेर समुहका २३ जना नयाँ संक्रमित रहेको महानगरले जनाएको छ ।
टोकियोमा अहिलेसम्म कोरोना भाइरस संक्रमितको संख्या ९४ हजार ५ सय ८ पुगेको छ ।
संक्रमित संख्या मध्ये हिजोसम्ममा ७८२ जनाको निधन भएको छ भने अझै उपचाररत १४८ जना गम्भिर अवस्थामा रहेको महानगरको तथ्यांकमा उल्लेख छ ।
टोकियोमा संक्रमित पाईएका मध्ये ७५ हजार व्यक्ति निको भएर डिस्चार्ज भइसकेका छन् ।