टोकियो, जापान ।
मानव शरिरमा भिटामिन डी लाई चामत्कारीक भिटामिनको रुपमा लिईन्छ । एउटा मात्र नभई अनेक फाईदा भएका कारण पनि यो अत्यावश्यक भिटामिनमा पर्दछ ।
भिटामिन डीले थकान, मांसपेशीको कमजोरी, हड्डीमा हुने समस्या र डिप्रेसन लगायत कम गराएर मानिसलाई समग्रमा रोग लाग्न बाट जोगाउने भएकाले पनि यसलाई चामत्कारिक मानिएको हुनुपर्छ ।
जाडो महिनामा भिटामिन डी को झनै महत्व रहने गर्दछ । प्राकृतिक रुपमा बिहानको सुर्योदयबाट पाईने भिटामी डी सागसब्जी, फलफुल, माछामासु देखी अन्य खाद्यान्नबाट समेत पाउन सकिन्छ ।
जाडो महिनामा बिहानको घामबाट भीटामिन डी पाउन नसकिएमा खाद्यान्न सहित भिटामिन डी सप्लिमेन्ट भनिने कृतिम तरिकाबाट समेत भिटामिन डीको कमी पूर्ती गर्ने गरिन्छ ।
कोरोनाबाट जोगाउन भिटामिन डी अचुक
भिटामिन डी पर्याप्त मात्रामा शरिरमा भएका मानिसहरूलाई कोभिड १९ बाट जोखिम कम हुने विभिन्न अध्ययनहरुपछि विज्ञहरुले बताएका छन् ।
श्वासप्रश्वास प्रणालीका रोगहरूसँग सम्बन्धित भाइरस विरुद्ध शरीरको रोगप्रतिरोधी क्षमतालाई बढाउन भिटामिन डीले सहयोग गर्ने विज्ञहरुको भनाई छ ।
बेलायती नेशनल इन्स्टिट्यूट फर हेल्थ एण्ड केअर एक्सिलेन्सले समेत कोरोना भाइरसबाट संक्रमण भएमा हुनसक्ने क्षतीको जोखिमलाई भिटामिन डीले कम गर्न सघाउने बताएको छ । अझ जाडो मौसममा कम घाम लाग्ने वा घाम ताप्न नपाउने ठाउँका मानिसहरूले स्वास्थ्यका लागि थप भिटामिन डी सेवन गर्नु आवश्यक रहेको उसले बताएको छ ।
विभिन्न देशमा शरिरमा भिटामिन डी कमि भएका व्यक्तिहरुमा कोरोना संक्रमणको जोखिम सहित गम्भिर बिरामी हुने र मृत्युको संख्या बढी भएको देखाएको छ । यसको अर्थ भिटामिन डि शरिरलाई आवश्यक मात्रमा पाईएमा कोरोना संक्रमण भएपनि गम्भिर जोखिममा पर्ने सम्भावना कम रहन्छ ।
कतिसम्म भने भिटामिन डीको पर्याप्तताले क्यान्सर र उमेर बढ्दैजाँदा देखा पर्ने समस्याबाट बचाउने अनुसन्धाताहरु बताउँछन् ।
भिटामिन डी के हो ?
भिटामिन डी बास्तवमा हार्मोन हो । यसले शरीरलाई क्याल्सियम पचाउन मद्दत गर्छ । तेलवाला माछा भिटामिन डीको राम्रो स्रोत हो । जब घामको अल्ट्राभायोलेट किरण हाम्रो शरीरमा पर्छ, तब शरीरमा रहेको कोलस्ट्रोलबाट भिटामिन डी बन्न सुरु हुन्छ ।
भिटामिन डी माछा लगायत केही अन्य जनावरमा पाइन्छ । घामको किरण हाम्रो छालामा परेपछि भिटामिन डी को उत्पादन हुन थाल्छ ।
मानिसलाई दिनहुँ १० माइक्रोग्राम भिटामिन डीको आवश्यकता पर्ने बताइएको छ । अमेरिका सहित कयौं युरोपेली देशमा दूध, ब्रेकफास्ट, अन्न, दही, जुस आदिमा भिटामिन डी मिलाएर बेचिन्छ ।
भिटामिन डीको कमीले हड्डीको डेन्सिटी कम हुन्छ । यसबाट रिकेट्स नामक रोग विशेषगरी नवजात शिशुलाई लाग्न सक्छ । अन्य मानिसलाई पनि यो रोग लाग्न सक्छ ।
भिटामिन डीको कमीले मांसपेशी कमजोर हुन्छ, धेरै थकाइ लाग्छ । भिटामिनको कमीले शरीरमा तागतको कमी हुन्छ । यसको कमीले अन्य कीटाणुले पनि शरीरलाई छिटै आक्रमण गर्न सक्छ । हड्डी बढ्न र बलियो हुन भिटामिन डीको अहम् भूमिका छ ।
अचेल मानिसहरु कार्यालय भित्रकै कामका कारण घाममा बस्न त्यति पाउँदैनन् र यसले गर्दा हड्डी करकर खाने, हड्डी कमजोर भई थोरै ठेस लाग्दा पनि भाँच्चिने समस्या आउन सक्छ ।
भिटामिन डीले अप्रत्यक्ष रुपमा शरीरको रोग प्रतिरोधक क्षमता बढाइरहेको हुन्छ ।
भिटामिन डीले हाम्रो शरीरमा क्याल्सियम उत्पादन हुन सहयोग गर्छ । त्यसैले हड्डी बलियो हुन भिटामिन डी आवश्यक छ । तर, कतिपयलाई थाहा नहुन सक्छ कि भिटामिन डीको कमीले मुटुको समस्या, हृदयघात, डायबिटिज जस्ता गम्भीर रोग पनि लाग्न सक्छन् ।
भिटामिन डी कम हुनुका लक्षण
हड्डी कमजोर हुने, भाँच्चिने, टुट्ने, फुट्ने हुन सक्छ,
मांसपेसी जकडिन्छ, कमजोरी र थकानको महसूस हुन्छ,
मांसपेसीमा पीडा महसूस हुन्छ ।
मानसिक अवस्थामा शीघ्र परिवर्तन आउँछ । चिन्ता, डर, डिप्रेसन आदिको समस्या उत्पन्न हुन्छ,
उच्च रक्तचापको समस्या,
अनिद्रा र थकानको समस्या,
कार्यक्षमतामा कमी,
भिटामिन डी का मुख्य श्रोतहरु
बिहानको सुर्योदय भिटामिन डी पाउने मुख्य प्राकृतिक श्रोत हो ।
माछा, साल्मोन, टुना, झिंगे माछा, कलेजो
अण्डा, दुध, चीज, तोफु, चकलेट मिल्क
सुन्तला लगायत अन्य जुसहरु
मेवा, आँप, सखरखण्ड, आभोकाडो, हाडे बदाम
काउली, ब्रो काउली, च्याउ, गाँजर, सलगम, मुला, कुभिण्डो, भटमास लगायत