एजेन्सी ।
विज्ञहरुले एन्टिबडी बनेका पूर्व कोरोना संक्रमितहरुमा बेलायतबाट फैलिएको नयाँ संक्रामक कोरोना संक्रमणको जोखिम देखिएको बताएका छन् ।
एक पटक कोरोना भाइरसबाट संक्रमित भएर निको भएकाहरुमा औषतमा ८ महिना संक्रमण नहुने बताईएपनि परिवर्तित संक्रामक कोरोनाबाट संक्रमित हुने जोखिम भने रहेको विज्ञहरुले बताएका छन् ।
बेलायत तथा ब्राजिलबाट फैलिएको परिवर्तित कोभिड १९ भाइरस संक्रमण जोखिमसँगै हाल विश्वभर लगाउन थालिएको खोपले पनि उचित काम नगर्न सक्ने विज्ञहरुको भनाई छ ।
विज्ञहरुले विश्वभर फैलिएको कोरोना संक्रमणबाट जोगाउन भ्याक्सिनले धेरैहदसम्म काम गरेको भएपनि नयाँ संक्रामक भाइरस बिरुद्ध त्यति प्रभावकारी नहुने देखिएको बताएका छन् ।
मुख्यत परिवर्तित संक्रामक कोरोना भाइरसको संक्रमण बेलायत, दक्षिण अफ्रिका, ब्राजिल सहित केही अफ्रिकन देशहरुमा व्यापक देखिन थालेको छ ।
रकईफ्लर युनिभर्सिटी र अन्य संस्थाहरूले संयुक्त राज्य अमेरिकाको फार्मास्यूटिकल कम्पनी फाइजर इंक र युएस बायोटेक्नोलोजी फर्म मोडर्ना इंकद्वारा निर्मित खोपको दक्षिण अफ्रिकी देशहरु र ब्राजिलमा भेटिएको परिवर्तित भाइरस बिरुद्ध परीक्षण गरेपछि यस्तो जानकारी सार्वजनिक गरेका हुन् ।
विज्ञहरुले खोरोना भाइरस बिरुद्धको खोप लिएका २० जना व्यक्तिबाट रगतका नमूनाहरू संकलन गरेर उनीहरूको एन्टिबडीहरूको संक्रमण रोकथाम प्रभावकारिता बारे अनुसन्धान गरेका थिए । जसमा केवल एक तिहाइमा मात्र परिवर्तिन संक्रमण रोकथाम बलियो पाईएको थियो । जुन नतिजा कोरोना भाइरसको मूल स्वरूपको कोरोना संक्रमण भएर निको भएका व्यक्तिहरु बिपरितको हो । यस्तै नतिजा बेलायतमा फैलिएको संक्रामक भाइरस बिरुद्ध आधा मात्र प्रभावकारी रहेको पाईएको विज्ञहरुले बताएका छन् ।
यसैबीच, दक्षिण अफ्रिका र अन्यत्रका अन्वेषकहरूले कोरोना भाइरस संक्रमणबाट निको भएका ४४ जना व्यक्तिहरूबाट संकलित रगतको नमूनाहरूको विश्लेषण गरेका छन् । ती मध्ये आधा अनुसन्धानमा एन्टिबडीहरूले भाइरसको दक्षिण अफ्रिकी संक्रामक भाइरस संक्रमण हुन दिनबाट रोक्न कम मात्र प्रभावकारी देखिएको बताईएको छ ।
जापानको तोहोकु युनिभर्सिटीका प्रोफेसर कोएत्सु ओगासावारा जो एक संक्रामक भाइरस प्रतिरोधात्मक विज्ञ हुन् उनले भनेका छन्-'मूल रूपको तुलनामा संक्रामक भाइरस विरूद्ध एन्टिबडीको प्रभाव कम प्रभावकारी हुन्छ, तर खोपले प्रतिरक्षा उत्पादन गर्ने बाहेक, प्रतिरक्षा बृद्धि गर्न प्रभावकारी काम गर्दछ । नयाँ स्वरुपका भाइरसहरुको संक्रमण रोक्न भने केही हदसम्म प्रभावकारी हुन सक्छ ।'