(Japan) 24 th August | 2026 | Monday | 11:41:54 AM || (Nepal) 8:26:54 AM
 
 


जापानमा कोरोना खोप १६ बर्ष वा सो भन्दा बढी उमेरकालाई दिईने

  POSTED ON : Sunday, 10 January, 2021 | Views : 3988

जापानमा कोरोना खोप १६ बर्ष वा सो भन्दा बढी उमेरकालाई दिईने


टोकियो, जापान ।

अहिले जापान सरकार कोरोना भाइरस बिरुद्ध खोपको लागि योजना सहित तयारीमा लागेको छ ।

स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयका अनुसार जापानमा प्रमुख अमेरिकी औषधी कम्पनी फाइजरको खोप स्वीकृत चरणमा रहेको छ ।

फाइजरले जापानी सरकारसँग यस वर्षको पहिलो ६ महिना भित्रमा ६ करोड मात्रामा खोप आपूर्ति गर्न आधारभूत सम्झौता गरेको छ । यसको लागि गत महिना स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयबाट अनुमोदनको लागि आवेदन दिएको छ । जुन अझै अन्तिम स्विकृती पाईसकेको छैन ।

जापानमा हाल क्लिनिकल परीक्षणको तथ्यांकका आधारमा जापान सरकारले प्रभावकारिता र सुरक्षालाई तुरुन्तै जाँच गर्ने घोषणा गरिसकेको छ भने चिकित्सा संस्थाहरुले अर्को महिनाको अन्त्यसम्ममा क्रमशः खोप सुरु गर्न सक्ने बताईएको छ । जसको बारेमा प्रधानमन्त्री सुगा योशिहिदेले पनि जानकारी गराएका छन् ।

यी अवस्थाहरूमा स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयले यो खोप स्विकृति दिएमा १६ बर्ष वा सो भन्दा बढी उमेरका लागि खोप दिन सकिने गरि सम्झौता गर्ने तयारी सरकारले अघि बढाएको छ ।

जापानमा क्लिनिकल परीक्षणहरू गर्न २० बर्ष वा सो भन्दा बढी उमेर हुनुपर्दछ । बालबालिकाहरुमा कोरोना संक्रमण जोखिम कम र संक्रमण भएपनि गम्भीर हुने जोखिम कम रहेका कारण पनि सरकारले १६ बर्ष भन्दा बढी उमेरका लागि खोप स्विकृती गर्न लागेको बताईन्छ ।

यस खोपलाई हाल बेलायत र अमेरिका सहित केही देशहरुले आम रुपमा प्रयोग गर्न थालिसकेका छन् । ति देशहरुमा पनि १६ बर्ष वा सो भन्दा माथिका लागि लक्षित गरेर लगाईराखिएको छ ।

स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले हाल परीक्षणको रुपमा जापानमा लगाईराखिएको यो भ्याक्सिनको नतीजाको आधारमा लक्षित उमेरमा अन्तिम निर्णय गर्ने योजना बनाएको छ ।

...

एनएचके