(Japan) 24 th August | 2026 | Monday | 11:39:55 AM || (Nepal) 8:24:55 AM
 
 


टोकियोमा शुक्रबार २३९२ जनामा कोरोना संक्रमण, १२९ को अवस्था चिन्ताजनक

  POSTED ON : Friday, 08 January, 2021 | Views : 3006

टोकियोमा शुक्रबार २३९२ जनामा कोरोना संक्रमण, १२९ को अवस्था चिन्ताजनक


टोकियो, जापान ।

जापानको राजधानी टोकियोमा आज कोरोना महामारी यताकै दोस्रो सर्वाधिक कोभिड-१९ संक्रमित पुष्टि भएका छन् ।

टोकियो महानगर अधिकारीहरुका अनुसार जनवरी ८ तारिख शुक्रबार २,३९२ व्यक्तिको पीसीआर परीक्षण पोजेटिभ पाईएको छ ।

टोकियोमा कोरोना संक्रमितको यो संख्या महामारी सुरु भएयताकै दोस्रो सर्वाधिक हो । यसअघि हिजो टोकियोमा हालसम्मकै सर्वाधिक २,४४७ नयाँ संक्रमित पुष्टि भएका थिए ।

संक्रमित मध्ये ७११ जना २० बर्ष उमेर समुहका रहेको पाईएको छ । यसैगरी १० बर्ष उमेर समुहका ४६ जना र ९० बर्ष उमेर समुहका १९ जना र १०० बर्ष उमेर समुहका १ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।

टोकियोमा कोरोना संक्रमण भएका व्यक्तिको संख्या ७१ हजार १ सय ८२ जना पुगेको छ । संक्रमित मध्ये ५४ हजार व्यक्ति भने भाइरस संक्रमण मुक्त भएर निको भएका छन् ।

६७० जनाको निधन हुँदा टोकियोमा अझै उपचाररत १२९ जनाको अवस्था चिन्ताजनक रहेको महानगरको तथ्यांकमा उल्लेख छ ।

टोकियो महनगरले कोरोनाका बिरामीको लागि अस्पतालमा ४,००० बेड छुट्याएको छ । जसमध्ये हाल ३२ सय जना उपचाररत रहेका छन् । अब केवल कोरोना संक्रमितका लागि व्यवस्थापन गरिएका ८०० बेड मात्र रहेका छन् । जबकी दैनिक संक्रमित बृद्धिको संख्या २ हजार भन्दा धेरै रहेको छ ।