(Japan) 16 th October | 2026 | Friday | 5:39:24 PM || (Nepal) 2:24:24 PM
 
 


जापानमा २४ घण्टाको अन्तरालमै दुई जनाको निधन : नागोयामा उमेश तामाङ र आओमोरीमा रमा थापा क्षेत्रीको निधन

  POSTED ON : Tuesday, 22 September, 2026 | Views : 598

जापानमा २४ घण्टाको अन्तरालमै दुई जनाको निधन : नागोयामा उमेश तामाङ र आओमोरीमा रमा थापा क्षेत्रीको निधन


नागोया, जापान ।

जापानमा रहेका नेपाली समुदायलाई एकैपटक दुईवटा दुःखद खबरले स्तब्ध बनाएको छ । नागोयामा उमेश तामाङको निधन भएको खबरसँगै आओमोरी–केनमा रमा थापा क्षेत्री नाग गरेकी नेपाली महिलाको समेत निधन भएको जानकारी प्राप्त भएको छ ।

नागोयामा उमेश तामाङको अचानक निधन भएको खबरले नेपाली समुदायमा शोक छाएको छ । विदेशी भूमिमा यस्तो दुःखद परिस्थितिमा सबै नेपाली एकजुट भएर सहयोग गर्नुपर्ने अवस्था आएको छ ।

एकै समयमा भएका यी दुई दुःखद घटनाले जापानस्थित नेपाली समुदायलाई शोकमा डुबाएको छ । यस्तो कठिन समयमा आपसी एकता, सहकार्य र मानवीय सहयोगमार्फत शोकसन्तप्त परिवारलाई साथ दिन तथा अन्त्येष्टि तथा आवश्यक व्यवस्थापनका लागि आवश्यक सहयोग र समन्वय गर्न सबैमा आग्रह गर्दछौं ।