(Japan) 22 nd September | 2026 | Tuesday | 2:49:32 PM || (Nepal) 11:34:32 AM
 
 


त्रिपुरेश्वरमा बसमा आगलागी गरेर जलेका चालकको मृत्यु, अरुकै नामको लाईसेन्स बोकर गाडि चलाएको खुलासा !

  POSTED ON : Tuesday, 22 September, 2026 | Views : 182

त्रिपुरेश्वरमा बसमा आगलागी गरेर जलेका चालकको मृत्यु, अरुकै नामको लाईसेन्स बोकर गाडि चलाएको खुलासा !


काठमाडौं, नेपाल ।

हिजो काठमाडौं त्रिपुरेश्वरमा बसमा आफैंले आगलागीमा गरेर भित्रै बसी गम्भिर घाइते भएका चालकको मृत्यु भएको छ ।

कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा चालकको निधन भएको काठमाडौँ प्रहरी प्रमुख एसएसपी दिलिप घिमिरेले जानकारी दिएका छन् ।

घिमिरेकाअनुसार चालकको परिचय खुलेको छैन । उनको साथबाट भेटिएको लाइसेन्समा काभ्रेका २५ वर्षीय दावा लामा लेखिएको छ । तर दावा लामालाई सम्पर्क गर्दा आफू सकुशल रहेको भनेपछि गाली चालक को थिए र उनको परिचय के हो भनेर अनुसन्धान भइरहेको एसएसपी घिमिरेले बताए । यसले प्रारम्भिक रुपमा ट्राफिकसँग विवाद गरेर गाडिमा आगो लगाई जलेका व्यक्तिले अरुकै लाईसेन्स बोकेर गाडि चलाएको पाइएको छ ।

रिद्धिसिद्धि यातायातको बा५ख ४२७४ नम्बर बसमा सोमबार दिउँसो त्रिपुरेश्वरचोकको बस स्टपमा आगलागी भएको थियो । चालक आफैँले बसमा आगो लगाएका थिए ।

घटनाको छानबिन गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले पाँच सदस्यीय समिति गठन गरेको छ ।