टोकियो, जापान ।
टोकियोमा आज करिब २५ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
टोकियो महानगरका अनुसार ३ बजेसम्ममा २४ सय ४७ जना नयाँ कोरोना भाइरस संक्रमित पाइएका छन ।
संक्रमित संख्यासंगै गम्भिर बिरामीको संख्यामा पनि किर्तिमानी बृद्दिपछी १२१ पुगेको महानगरले जनाएको छ ।
...
संक्रमित संख्याको आपतकालिन विस्फोट हुने क्रममा जापानको राजधानी टोकियोमा आज २ हजार भन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण पाईएको छ ।
टोकियो महानगर अधिकारीहरुका अनुसार दिउँसो १ बजेर ३० मिनेटसम्मको प्राप्त तथ्यांक अनुसार संक्रमित संख्या २ हजार नाघेको छ ।
टोकियो महानगरमा यसअघि हिजो हालसम्मकै सर्वाधिक १५ सय ९१ जना संक्रमित पुष्टि भएका थिए । अघिल्लो दिन यहाँ १,२७८ जनामा संक्रमण पाईएको थियो ।
टोकियोमा दैनिक संक्रमितको संख्या २ हजार पार गरेको यो पहिलो पटक हो । महानगरले हरेक दिन पछिल्लो २४ घण्टामा थपिएका संक्रमितको संख्या सामान्यत दिनको ३ बजे सार्वजनिक गर्ने गर्दछ ।
आजै घोषणा भएर भोलीबाट आपतकाल लागू गर्ने तयारीमा रहेको टोकियोमा कोरोना संक्रमण बृद्धिकै आपतकालिन विस्फोटक संख्याले जापान स्वास्थ्य सेवा उपलब्धताको चरम दबावमा पुगेको छ ।
महानगर सहित आसपासका चार प्रिफेक्चरमा मात्र भोलीबाट लागू गरेर एक महिनाको लागि आपतकाल घोषणा गरिन लागेपनि कोरोनाका बिरामी बृद्धिसँख्या हेर्दा यसअघि जस्तै आपतकाल देशभर विस्तार हुने लक्षण घोषणा अगावै देखिएको छ ।