टोकियो, जापान ।
कोरोना भाइरसको महामारी बीच कोभिड–१९ का बिरामीको उपचार गर्ने अस्पतालहरुमा सफाई कर्मचारी पठाउन केही सफाई कम्पनीहरुले मात्रै सकिरहेको पाइएको छ ।
कोरोना भाइरस संक्रमितको संख्या वृद्धिरहेको अवस्थामा नर्स र अन्य मेडिकल कर्मचारीहरुले अस्पतालमा बिरामीको कोठा सफा गर्ने र तन्ना फेर्न जस्त काम गर्नु परिरहेको छ ।
सामान्यतः उनीहरुले यस्तो काम गर्नु पर्दैन । तर सफाई कर्मचारीहरुले कोभिड–१९ का बिरामीको उपचार गर्ने अस्पतालहरुमा जान नमानेपछि नर्सहरु यस्तो काम गर्न बाध्य भएका छन् । यसले स्वास्थ्य संस्था माथिको दबाब झनै बढाइरहेको छ ।
गत महीना स्वास्थ्य मन्त्रालयले यस्ता काम आउटसोर्स गर्न सकिन्छ कि सकिदैंन भनेर हेर्न एक सर्वेक्षण गरेको थियो ।
यस क्रममा जापानभर अस्पतालहरुमा सफाई कर्मचारी पठाइरहेका हजार सफाई कम्पनीहरुमध्ये ८८ प्रतिशत अर्थात् १० प्रतिशतभन्दा कम ले मात्रै कोरोना भाइरस संक्रमित भएको स्वास्थ्य संस्था वा अस्पतालमा सफाईको काम लिने बताए । यी मध्ये धेरैजसो कम्पनीहरु टोकियो र ओसाका, आइची र साइतामा प्रिफेक्चरका शहरी क्षेत्रहरुमा छन् ।