टोकियो, जापान ।
गम्भिर कोरोना संक्रमितको किर्तिमान बनेको टोकियोमा आज नयाँ कोरोना संक्रमितको पनि किर्तिमान बनेको छ ।
टोकियो महानगरमा जनवरी ५ तारिख मंगलबार यो बर्ष लागेपछिकै सर्वाधिक संक्रमण पुष्टि भएको छ ।
टोकियो महानगरका अनुसार दिउँसो २ बजेर ३० मिनेटसम्ममा १२ सय ७८ जना कोरोनाका बिरामी पोजेटिभ पाईएका छन् ।
टोकियोमा एकैदिन कोरोना संक्रमित पुष्टिको यो संख्या अहिलेसम्मको दोस्रो सर्वाधिक संख्या हो ।
टोकियोमा यसअघि एकैदिन हालसम्मकै सर्वाधिक कोरोना संक्रमितको संख्या १,३३७ जना डिसेम्बर ३१ तारिख पुष्टि भएका थिए ।
टोकियोमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ६४ हजार ७ सय ५२ पुगेको छ ।
कोरोना भाइरस संक्रमित मध्ये टोकियोमा ५२ हजार ३६ जना निको भएर डिस्चार्ज भईसकेका छन् ।
यसैगरि ६ सय ३४ जनाको कोरोनाका कारण निधन हुँदा उपचाररत १०८ जनाको अवस्था गम्भिर रहेको छ ।
टोकियोमा हालसम्म सक्रिय कोरोना भाइरसका बिरामीको संख्या १२ हजार ८२ रहेको छ ।
...
क्योदो