(Japan) 28 th July | 2026 | Tuesday | 12:06:10 AM || (Nepal) 8:51:10 PM
 
 

जापानमा २२ सय येनमा घरमै कोरोना परीक्षण किट विक्रि हुँदै

  POSTED ON : Friday, 01 January, 2021 | Views : 1792

जापानमा २२ सय येनमा घरमै कोरोना परीक्षण किट विक्रि हुँदै


टोकियो, जापान ।

जापानमा घरमा नै कोरोना भाइरसको परीक्षण गर्न सकिने सस्तो किट विक्रि सुरु हुने भएको छ ।

जापानी बहुराष्ट्रिय व्यापारिक घराना सफ्टबैंकले यस अघि यो किट पीसीआर परीक्षण गर्ने कम्पनी र स्थानीय सरकारहरुलाई मात्रै सो किट उपलब्ध गराउँदै आएको थियो । तर मार्च देखि भने र्यालबाट पोलिमिरेज चेन रियाक्शन परीक्षण गर्ने यो किट संक्रमणको लक्षण नदेखिएका आम मानिसहरुका लागि समेत उपलब्ध गराइने भएको छ ।

किटको मूल्य कर समेत करीब २ हजार २०० जापानी येन '२१ डलर' पर्नेछ । यसमा ढुवानी र अन्य लागतहरु भने समाविष्ट गरिएको छैन । यो सफ्टबैंक कर्पोरेट र अन्इले सार्वजनिक क्षेत्रका प्रयोगकर्ताहरुलाई किट उपलब्ध गराएकै मूल्य हो । स्वास्थ्य केन्द्रहरुमा परीक्षण गराउन करीब १५० डलरसम्म लाग्दछ ।

प्रयोगकर्ताहरुले अनलाइनबाटै परीक्षण किटका लागि अनुरोध गरेर नमूना समूहको सहायक कोरोना कम्पनी कोरोना भाइरस इन्सपेक्शन सेन्टरमा पठाउनु पर्नेछ । परीक्षण ल्याबमा परीक्षण सम्पन्न भएपछि नतिजा सोही दिन वा भोलिपल्ट उपलब्ध गराइनेछ ।

प्रयोकर्ताहरुलाई नतिजाबारे जानकारी भने फोन एपबाट दिइनेछ । परीक्षणको नतिजा सकारात्मक आउने प्रयोगकर्ताहरुले सरकार समर्थित संस्थामा गएर पुनः परीक्षण गराउनु पर्नेछ । पुनः परीक्षणका लागि स्वास्थ्य संस्थाको सूचना भने एपमार्फत नै उपलब्ध गराइनेछ । सफ्टबैंकको ल्याब सहायक जुलाईमा स्थापना भएको हो ।