(Japan) 28 th July | 2026 | Tuesday | 12:06:41 AM || (Nepal) 8:51:41 PM
 
 

अत्याउँदो अवस्था ! टोकियोमा आज १३ सय भन्दा धेरै जनामा कोरोना संक्रमण

  POSTED ON : Thursday, 31 December, 2020 | Views : 2840

अत्याउँदो अवस्था ! टोकियोमा आज १३ सय भन्दा धेरै जनामा कोरोना संक्रमण


टोकियो, जापान ।

जापानको राजधानी टोकियोमा विस्फोटक कोरोना संक्रमण हुने क्रममा बर्षको अन्तिम दिन डिसेम्बर ३१ तारिख अहिलेसम्मकै सर्वाधिक संक्रमित पुष्टि भएका छन् ।

टोकियो महानगरका अनुसार दिउँसो ३ बजेसम्ममा आज १३ सय भन्दा धेरै नयाँ कोरोना संक्रमित थपिएका छन् ।

टोकियोमा हजार भन्दा धेरै संक्रमित पुष्टि भएको यो पहिलो पटक हो ।

यसअघि टोकियोमा सबैभन्दा धेरै ९४९ जना कोरोना संक्रमित एकदिनमा भेटिएका थिए ।