(Japan) 28 th July | 2026 | Tuesday | 12:06:40 AM || (Nepal) 8:51:40 PM
 
 

नयाँ बर्ष संघारमा पीसीआर छिटो र सस्तो हुँदा जापानमा निजी परीक्षण केन्द्रमा भिड

  POSTED ON : Wednesday, 30 December, 2020 | Views : 3622

नयाँ बर्ष संघारमा पीसीआर छिटो र सस्तो हुँदा जापानमा निजी परीक्षण केन्द्रमा भिड


टोकियो, जापान ।

जापानका निजी पीसीआर परीक्षण केन्द्रहरुमा कोरोना भाइरसको परीक्षण गराउनेहरुको भिड बढेको छ ।

यसले नयाँ वर्ष आउँनै लाग्दा वर्षको अन्तिम दिन र नयाँ वर्षको सार्वजनिक बिदाका बेलामा घर अभिभावक, परिवारका सदस्य र साथीभाइहरुलाई भेट्न जाने योजना बनाइरहेका मानिसहरुको संख्या उजागर गरेको छ ।

तर विज्ञहरुले भने परीक्षणको नतिजा नकारात्मक नै आएपनि यस्ता यात्राहरुले कोरोना भाइरसको जोखिम उत्पन्न गराउँदैन भनेर ढुक्क नहुन चेतावनी दिएका छन् । निजी पीसीआर परीक्षण केनद्र विशेषगरी, कोभिड–१९ को लक्षण नदेखिएका व्यक्तिहरुको लागि हो । सरकारी मातहतका केन्द्रहरुले भने लक्षण देखिएका र बिरामीको निकट सम्पर्कमा आएका व्यक्तिहरुको मात्रै परीक्षण गर्दछ ।

निजी केन्द्रहरुमा परीक्षण गराउनेले आफ्नै बगलीबाट पैसा तिर्नु पर्छ । पैसा तिर्नुपर्ने भएपनि हालैका दिनमा पिसिआर परीक्षण सस्तो मूल्य हुनुका साथै छिटो छरितोका कारण पनि निजी केन्द्रमा ब्यक्तिहरु धाउन थालेका छन ।

केही केन्द्रहरुले औषधि पसलमा पाइने परीक्षण किट र अनलाइनबाट पनि परीक्षण गर्छन् ताकि संकलित नमूना पीसीआर परीक्षण केन्द्रमा हुलाकबाट पठाउन सकियोस् । पछिल्लो केही महीना यता निजी क्षेत्रमा धमाधम पीसीआर परीक्षण केन्द्र खुलिरहेका छन् । जसले गर्दा यहाँ परीक्षण सुपथ सस्तो बनेको छ । हाउजिङ र मेडिकल सेवा सञ्चालक किनोशिता गु्रपले टोकियोमा दैनिक कूल २ हजार जनाको परीक्षण गर्न सक्ने दुई ओटा पीसीआर परीक्षण केन्द्र खोलेको छ । यहाँ हरेक परीक्षणको लागि कर बाहेक २ हजार ९०० येन तिर्नु पर्छ ।

बिहिवारसम्म यी केन्द्रमा १९ हजारले पीसीआर परीक्षण गराएका छन् । दुबै केन्द्रहरु जनवरीको शुरुसम्म प्याक भइसकेको छ । ४९ वर्षिय सार्वजनिक लेखा परीक्षक कोकी यामामोतोले हरेक २ हप्तामा पीसीआर परीक्षण गराउँछन् । क्लाइन्टहरुसँग नियमित रुपमा भेटघाट गरिरहनु पर्ने भएकोले उनले यस्तो गर्ने गरेका हुन् । अहिले भने नागोयामा रहेका आफ्ना मातापितालाई भेट्न जाने योजनामा भएकोले उनी पीसीआरको पालो कुरिरहेका छन् । पीसीआर परीक्षणको लागि पालो पर्खिनेमा यामागुचीमा रहेको आफ्नो गृहनगरमा जाने तयारीमा रहेका एक १८ वर्षिय विद्यार्थी पनि छन् । अहिले अनलाइन कक्षा सञ्चालन भइरहेकोले आफूसाग निकै कम साथीहरु भएको भन्दै आउँदै गरेको लामो सार्वजनिक बिदा उनी घर परिवारका सदस्यसँग मनाउन चाहन्छन् ।

तर परीक्षणको नतिजा नकारात्मक आउनुको अर्थ परीक्षण गरेको बेलामा मात्रै उनीहरुलाई संक्रमण छैन भन्ने भएको शोआ विश्वविद्यालयका भिजिटिङ प्रध्यापक योशिहितो निकी चेतावनी दिन्छन् । संक्रमणको जोखिम जति बेला बेला पनि उती नै हुने उनको भनाइ छ । मेरो नतिजा नकारात्मक आएको छ भन्दै ठूलो जमानतमा बसेर खाना खाने जस्ता गतिविधि गर्नु झनै घातक हुने उनी बताउँछन् । गृहनगर फर्किदा पूर्ण सतर्कता अपनाउन उनले सबैलाई आग्रह गरेका छन् ।