टोकियो, जापान ।
देशभर कोरोना संक्रमित र गम्भिर बिरामी बृद्धि हुने क्रममा डिसेम्बर २९ तारिख मंगलबार जापानमा कम्तिमा ५९ जना कोरोना भाइरसका बिरामीको निधन भएको छ ।
यहाँको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा देशभर गरेर ३६ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
रात ११ बजेसम्मको विवरण अनुसार धेरै निधन हुने प्रमुख प्रिफेक्चरमा ह्योगो १०, होक्काईदो र साईतामा ६ तथा टोकियो र ओसाका ५ जना रहेको छ ।
मंगलबार थपिएका सहित जापानमा कोरोना संक्रमण भएर निधन हुनेको संख्या ३३ सय ९७ पुगेको छ ।
यसैगरी संक्रमण तर्फ राजधानी टोकियोमा ८५६ जना नयाँ कोरोना संक्रमित पुष्टि हुँदा खानागावा ३९५, ओसाका ३०२, साईतामा ३०० र आईची २३५ जना रहेका छन् ।
जापानमा कोरोना भाइरसबाट बिरामी हुनेको संख्या हालसम्म २ लाख २८ हजार ९३ पुगेको छ ।
मंगलबार कोरोना संक्रमित भएका थप १४ जना गम्भिर अवस्थामा पुग्दा हाल देशभर ६७५ जनाको चिन्ताजनक अवस्थामा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हालसम्म देशभर गरेर १ लाख ८७ हजार ६ सय ५ जना कोरोनाका बिरामी निको भएर डिस्चार्ज भइसकेको सरकारी तथ्यांकमा उल्लेख छ ।
डिसेम्बर २७ तारिखका दिनमा जापानमा १८ हजार ५७ जनाको पीसीआर परीक्षण गरिएको छ ।