टोकियो, जापान ।
जापानको राजधानी टोकियोमा डिसेम्बर २९ तारिख मंगलबार दिउँसो ३ बजेसम्ममा ८ सय ५६ जना नयाँ कोरोनाका बिरामी पुटि भएका छन् ।
टोकियो महानगरका अनुसार मंगलबारको दिनमा टोकियोमा पुष्टि भएको यो अहिलेसम्मकै सर्वाधिक संख्या हो ।
टोकियोमा आज पुष्टि भएको संख्या अघिल्लो हप्ता डिसेम्बर २२ तारिखको तुलनामा करिव ३ सय धेरै हो । उक्तदिन ५६३ जना संक्रमित पाईएका थिए ।
टोकियो महानगर सरकारले हाल कोरोनाका बिरामीलाई कुल ३५ सय बेड छुट्याएको छ । जसमा हाल कोरोना भाइरसबाट संक्रमित भएका २३ सय ५ जना अस्पतालमा भर्ना भएर उपचाररत छन् ।
उपचाररत मध्ये ८१ जना गम्भिर बिरामी रहेका छन् ।
टोकियोमा कोरोना भाइरसबाट बिरामी भएका हालसम्म ६ सय १५ जनाको निधन भएको छ ।
विवरण अनुसार टोकियोमा कोरोना भाइरसबाट बिरामी भएकाको संख्या ५७ हजार ८ सय ९६ पुगेको छ ।
कुल संक्रमितको संख्या मध्ये निको भएर हालसम्म ४९ हजार व्यक्ति डिस्चार्ज भईसकेको महानगरले जनाएको छ ।