टोकियो, जापान ।
शनिवार र आईतबार जापानमा प्राय स्वास्थ्य संस्था आशिंक बिदा वा कम संचालनमा रहने गर्दछन् ।
निजि क्लिनकहरु बन्द रहने भएका कारण कोरोना भाइरस संक्रमणको पीसीआर परीक्षण न्यून हुने गर्दछ । यसका बिच बढ्दो कोरोना संक्रमणका कारण नयाँ बर्षको संघारमा परीक्षण गराउने व्यक्ति बढ्दा संक्रमितको संख्या बढ्दै गएको छ ।
फलत शनिवार र आईतबार कम परीक्षण गरिएपनि संक्रमित संख्या धेरै देखिन थालेका छन् ।
टोकियो, खानागावा लगायत आधा दर्जन प्रिफेक्चरमा सोमबारको दिन संक्रमित पुष्टि भएका व्यक्तिको २८ तारिख किर्तिमान बनेको छ । यसले जापानभर कोरोना संक्रमण थप बढेको संकेतसँगै आगामी दिनमा यो संख्या बढ्ने देखाएको छ ।
सोमबार नै कोरोना भाइरसको संक्रमणबाट जापानका पूर्व यातायात मन्त्रीको निधन भएको छ । कोरोना परीक्षण पूर्व नै उच्च ज्वरोले निधन भएका युईचिरो हातालाई कोरोना संक्रमण पाईएको पुष्टि निधनपछि स्वास्थ्य अधिकारीहरुले गरेका छन् ।
जापानमा संसदको सदस्य कोरोना संक्रमणबाट निधन भएको यो पहिलो घटना हो ।
सोमबार रात ९ बजेसम्मको तथ्यांक अनुसार हाता सहित जापानमा ५१ जना कोरोनाका बिरामीले ज्यान गुमाएका हुन् ।
यसैगरी सोमबार नयाँ कोरोनाका बिरामी २३ सय ९० जना थपिएको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले जनाएको छ ।
निधन तर्फ धेरै संख्या हुनेमा ओसाका १३, ह्योगो ८, आईची ७ तथा टोकियो ६ र होक्काईदो र गुन्मा ५ रहेको छ ।
जापानमा हालसम्म कोरोना भाइरसबाट बिरामी भएर निधन हुनेको संख्या ३३ सय ३८ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
संक्रमितको संख्या तर्फ सोमबार सर्वाधिक टोकियोमा ४८१, खानागावा ३३४, साईतामा १८४ तथा चिबा १७५, ओसाका १५०, फुकुओका १४२, आईची १२२, र ह्योगो १०८ रहेको छ ।
सोमबार एयरपोर्ट क्वारिन्टिनमा १२ नयाँ संक्रमित सहित त्यहाँ पुष्टि हुनेको कुल संख्या १८ सय ५९ पुगेको छ ।
जापानमा कोरोना भाइरसबाट संक्रमित भएकाको संख्या सोमबार सम्ममा २ लाख २४ हजार ४ सय ७८ पुगेको छ ।
कोरोना भाइरसबाट संक्रमित भएर उपचार गराईरहेका गम्भिर बिरामीको संख्या २ जना बढेर सोमबार ६ सय ६१ भएको छ ।
स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार कोरोना संक्रमित भएका १ लाख ८५ हजार ३ सय २१ जना हालसम्म उपचार पश्चात निको भईसकेका छन् ।
कोरोना संक्रमणको पीसीआर तर्फ डिसेम्बर २४ तारिख जापानभर ३२, ६५० जनाको परीक्षण गरिएको छ ।
...
Photo Source : The Japan Times