(Japan) 28 th July | 2026 | Tuesday | 12:06:15 AM || (Nepal) 8:51:15 PM
 
 

जापान अपडेट ! आईतबार २,९४१ जनामा कोरोना संक्रमण-१८३,२५५ संक्रमित डिस्चार्ज

Sajina Moktan   POSTED ON : Monday, 28 December, 2020 | Views : 2138

जापान अपडेट ! आईतबार २,९४१ जनामा कोरोना संक्रमण-१८३,२५५ संक्रमित डिस्चार्ज


टोकियो, जापान ।

डिसेम्बर २७ तारिख जापानमा कोरोना भाइरसबाट संक्रमित ४० जना बिरामीको निधन भएको छ ।

स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयका अनुसार यो अवधिमा २९ सय ४१ जना नयाँ कोरोनाका बिरामी पुष्टि भएका छन् ।

आईतबार थपिएका सहित जापानमा कोरोना भाइरसबाट संक्रमित भएका सक्रिय संक्रमितको संख्या ३५ हजार ५ सय ५१ पुगेको छ ।

विवरण अनुसार जापानमा कोरोना भाइरसबाट संक्रमित भएका कुल संख्या २ लाख २२ हजार ९३ रहेको छ ।

यसैगरि संक्रमित संख्यामा ३२ सय ८७ जनाले कोरोना संक्रमणपछि ज्यान गुमाएका छन् ।

जापानमा कोरोना भाइरस संक्रमित भएका १ लाख ८३ हजार २ सय ५५ जना निको भएर डिस्चार्ज भइसकेको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हाल उपचार गराइरहेका बिरामीहरु मध्ये ६ सय ५९ जनाको अवस्था चिन्ताजनक रहेको बताईएको छ ।