(Japan) 27 th July | 2026 | Monday | 10:07:34 PM || (Nepal) 6:52:34 PM
 
 

टोकियोमा आइतबार कोडिभ-१९ संक्रमितको नयाँ किर्तिमान

Prakash Panta   POSTED ON : Sunday, 27 December, 2020 | Views : 6564

टोकियोमा आइतबार कोडिभ-१९ संक्रमितको नयाँ किर्तिमान


टोकियो, जापान ।

जापानको राजधानी टोकियोमा डिसेम्बर २७ तारिख आईतबार अहिलेसम्मकै धेरै व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।

टोकियो महानगरपालिकामा आज ७०८ जना कोरोना भाइरसका बिरामी थपिएर संक्रमित संख्या ५६,५५९ पुगेको छ ।

आईतबारको दिनमा टोकियोमा कोरोना संक्रमित पाईएको यो संख्या अहिलेसम्मकै धेरै हो । टोकियोमा आपतकाल लागू भएको अवस्थामा समेत दैनिक कोरोना संक्रमितको औषत संख्या ८२ रहेको थियो । 

टोकियो महानगरका अनुसार हाल उपचार गराईरहेका गम्भिर बिरामीको संख्या ८२ पुगेको छ । टोकियो महानगरले आफैंले बनाएको मापदण्ड अनुसार आपतकाल अन्त्यपछि गम्भिर बिरामीको संख्या ८२ पुगेको यो पहिलो पटक हो ।

टोकियोमा आईतबार पुष्टि भएका कोरोनाका बिरामीहरुमा १० बर्ष भन्दा कम उमेर देखी १ सय बर्ष उमेरसम्मका व्यक्ति रहेका छन् ।

महानगरले जारी गरेको सूचना अनुसार १० बर्ष उमेर समुहका १४ जना र १ सय बर्षका एक व्यक्तिमा कोरोना संक्रमण पाईएको छ ।