(Japan) 27 th July | 2026 | Monday | 10:05:42 PM || (Nepal) 6:50:42 PM
 
 

टोकियोमा रगत अभाव बढ्यो, रक्तदान गर्न महानगरको अनुरोध

Sima Khadka   POSTED ON : Sunday, 27 December, 2020 | Views : 2174

टोकियोमा रगत अभाव बढ्यो, रक्तदान गर्न महानगरको अनुरोध


टोकियो, जापान ।

टोकियोमा रगतको अभाव बढेको छ । रक्तदान गर्नेको संख्यामा गिरावट आएपछि रगत आवश्यक भएकाहरुलाई उपलब्ध गराउन नसक्ने अवस्था सिर्जना भएको छ ।

टोकियो महानगरका अनुसार रक्तदान गर्ने व्यक्तिको संख्या ३० हजारले घटेको छ ।

जसका कारण टोकियोमा रगत संकलन केन्द्रहरुमा अभाव देखिन थालेको महानगरले जनाएको हो ।

महानगर अधिकारीहरुका अनुसार कोरोना भाइरस संक्रमण बृद्धिसँगै रक्तदाताहरुको संख्या घटेको छ ।

यहि अवस्था जारी रहेमा नियमीत रगत आपूर्ति संकटमा पर्ने भन्दै महानगरले सबैमा रक्तदानमा सहयोगको लागि आह्वान गरेको छ ।

टोकियो महानगरपालिका सरकारका अनुसार कोरोना भाइरसको फैलावटले विश्वविद्यालय, कम्पनी र अन्य संस्थाहरूमा रक्तदान गर्ने कार्यक्रमहरु रद्द वा स्थगित गरिएका छन् । अप्रिलदेखि गत महिनासम्म रक्तदान गर्नेहरूको संख्या अघिल्लो बर्षको तुलनामा १० प्रतिशतले घटेको छ । यो अवधिमा ३० हजार कम व्यक्तिले रक्तदान गरेका छन् । अक्टोबर यता टोकियोमा अस्थायी रक्तदान कार्यक्रमहरु चलाईएको छ ।

टोकियोमा रक्तदानमा सहकार्यको लागि व्यापक रुपमा आह्वान गरिएको छ । यदि यो अवस्था जारी रहेमा रोग वा चोटपटकका कारण रक्तश्राव भएका बिरामीहरुलाई समयमै रगत उपलब्ध गराउन असम्भव हुनसक्ने चिन्ता अधिकारीहरुले गरेका छन् ।

टोकियोमा १३ स्थायी रक्तदान केन्द्रहरु रहेका छन् । जसमा सिन्जुकु स्टेशन र इकेबुकुरो स्टेशनसँगै समेत रहेको छ । जहाँ रक्तदान गर्न चाहने व्यक्तिहरुले ईच्छाएको समयमा रक्तदान गर्न समय तोकेर जानसमेत सक्छन् ।

विशेषगरि युवाहरुलाई रक्तदान गर्न र रक्तदान गर्दै आएका व्यक्तिहरुमा नियमीत रक्तदान जारी राख्न अनुरोध गर्दै टोकियो महानगरले टोकियोवासी सबैमा सहयोग र सहकार्यको लागि अनुरोध गरेको छ ।