टोकियो, जापान ।
तिब्रगतिमा फैलने कोरोना भाइरसका ५ जना संक्रमित भेटिएको खबर सार्वजनिक भएकै दिन जापानमा कोरोना महामारिको बिस्फोटक रुप देखिएको छ ।
डिसेम्बर २५ तारिख एकैदिन कोरोनाका बिरामी र निधन हुनेको संख्यामा नयाँ किर्तिमान बनेको छ ।
यतिमात्र नभै संक्रमण भएर उपचाररत गम्भिर बिरामी र पारीक्षण संख्यामा पनि हालसम्मका सबै रेकर्ड भंग भएको छ ।
स्वास्थ्य श्रम तथा कल्याण मन्त्रालयको तथ्यांक अनुसार शुक्रबार देशभरमा ६३ जना कोरोनाका बिरामीको निधन भएको छ ।
यसैगरी नयाँ ३८ सय ३१ जना कोरोनाका बिरामी पुष्टि भएको विवरणमा उल्लेख छ ।
निधन तर्फ एकैदिन ह्योगो प्रिफेक्चरमा सर्वाधिक १५ जना तथा होक्काइदो र ओसाका ८, खानागावा ६ जना रहेका छन ।
संक्रमण तर्फ राजधानी टोकियो ८८४, खानागावा ४६६, साइतामा २९८, ओसाका २९४, आइची २६५, ह्योगो २३२, चिबा २१३ रहेको छ ।
शनिबार बिहान ८ बजेसम्ममा जापानमा कोरोना भाइरसबाट संक्रमित भएकाको संख्या २ लाख १५ हजार २ सय ६५ पुगेको छ ।
यसैगरी कोरोना भाइरसबाट बिरामी भएका ३२ सय जनाको निधन भएको छ ।
कोभिड-१९ भाइरसबाट संक्रमित भएका गम्भिर बिरामीको संख्या बढेर ६४४ पुगेको छ । यो संख्या जापानमा कोरोना महामारी सुरु भएयताकै धेरै हो ।
कोरोना संक्रमित कुल संख्यामा १ लाख ७८ हजार ४ सय ५२ जना निको भएर डिस्चार्ज भइसकेका छन ।
कोरोना भाइरस संक्रमणसँग स्बन्धित रेकर्ड रहने क्रममा परीक्षणको पनि किर्तिमान बनेको छ ।
डिसेम्बर २३ तारिख जापानमा ४५ हजार ६ सय २९ जनाको कोभिड-१९ परीक्षण भएको छ ।