टोकियो, जापान ।
एकपछी अर्को कोरोना संक्रमणको खराब रेकर्ड बन्ने क्रममा बिहीवार जापानमा दैनिक संक्रमित संख्याको नयाँ किर्तिमान बनेको छ ।
डिसेम्बर २४ तारिख बिहीवार रात ११ बजेसम्मको तथ्यांक अनुसार ३७ सय ४० जना नयाँ संक्रमित एकैदिन थपिएका छन् । जापानमा दैनिक कोरोना संक्रमितको यो अहिलेसम्मकै धेरै भएको यहाँको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले जनाएको छ ।
बिहीवार नै जापानमा ५४ जना कोरोनाका बिरामीको निधन भएको छ । निधन तर्फ यो दोस्रो धेरै संख्या हो । यसअघी बुधवार (हिजो) मात्र ५६ जनाले ज्यान गुमाएका थिए ।
बिहीवार निधन र संक्रमित दुबैतर्फ धेरै संख्या टोकियोमा पाइएको छ । जहाँ ८८८ संक्रमित र ९ जनाको निधन भएको छ ।
पछिल्लो ताजा तथ्यांक अनुसार जापानमा कोरोना भाइरसका बिरामीको संख्या २ लाख ११ हजार ४ सय ३८ पुगेको ।
कोरोना संक्रमणबाट निधन हुनेको संख्या ३१ सय ३६ पुगेको स्वास्थ्य मन्त्रालयको विवरणमा उल्लेख छ ।
बिहीवार जापानको ४७ मध्ये ४५ प्रिफेक्चर र एयरपोर्ट क्वारिन्टिनमा १० जना संक्रमित पुष्टि भएका छन ।
जापानमा बिहीवार कोरोना भाइरसका गम्भिर बिरामीको संख्या ६४४ पुगेको छ । यो संख्या अहिलेसम्मको सर्वाधिक भएको अधिकारिहरुले बताएका छन ।
कोरोना भाइरस संक्रमित पाइएका १ लाख ७५ हजार ५ सय ३८ जना भाइरस संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन ।
कोरोनाको परीक्षण तर्फ डिसेम्बर २२ तारिख ४१ हजार ४ सय २३ जनाको पीसीआर टेस्ट गरिएको छ । दैनिक पीसीआर परीक्षणको यो संख्या अहिलेसम्मको धेरै हो ।