टोकियो, जापान ।
कोरोना भाइरस कोभिड १९ संक्रमणको खराब रेकर्ड राख्दै आज टोकियोले यसअघिका सबै किर्तिमान भंग गरेको छ ।
टोकियो महानगरपालिकाले जनाए अनुसार डिसेम्बर २४ तारिख बिहिबार दिउँसो ३ बजेसम्ममा ८८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
टोकियोमा कोरोना संक्रमित पाईएको यो नै अहिलेसम्मकै सर्वाधिक संख्या हो ।
टोकियोमा यसअघि डिसेम्बर १७ तारिखमा सबैभन्दा धेरै ८२१ जना संक्रमित पुष्टि भएका थिए ।
आज संक्रमित पाईएका सहित टोकियोमा कोरोना भाइरसबाट संक्रमित भएकाको संख्या ५४ हजार १८ पुगेको छ ।
जापानमा हिजोसम्ममा कोरोना भाइरस संक्रमित भएका मध्ये ४६ हजार ५ सय २५ जना भने निको भईसकेको महानगरले जारी गरेको विवरणमा उल्लेख छ ।
यसैगरि संक्रमित मध्ये नै ५ सय ८० जनाको निधन भएको छ भने अझै उपचाररत ७० जनाको अवस्था गम्भिर रहेको महानगरको तथ्यांकमा उल्लेख छ ।
टोकियोमा कोरोनाका बिरामीको लागि ३ हजार बेड छुट्याएकोमा हालसम्म २१ सय बेड कोरोनाका बिरामीले भरिसकिएको महानगरले जनाएको छ ।