(Japan) 27 th July | 2026 | Monday | 10:05:56 PM || (Nepal) 6:50:56 PM
 
 

‘बेलायतमा भेटिएको छिटो फैलने कोरोना भाइरस जापान भित्रिए स्वास्थ्य प्रणाली धराशायी’

  POSTED ON : Thursday, 24 December, 2020 | Views : 3698

‘बेलायतमा भेटिएको छिटो फैलने कोरोना भाइरस जापान भित्रिए स्वास्थ्य प्रणाली धराशायी’


टोकियो, जापान ।

बालबालिकामा उच्च जोखिम र छिटो फैलने पुष्टि भएको बेलायतमा फैलिएको कोरोना भाइरस जापानमा भित्रने सम्भावना बढेर गएको छ ।

जापानका बिज्ञहरुले विदेशबाट कोरोना भाइरसको नयाँ प्रकार भित्रिने सक्ने चेतावनी दिएका छन् । स्वास्थ्य मन्त्रालयको सल्लाहकार समितिले मंगलबार यस्तो चेतावनी दिएको हो ।

नयाँ प्रकार निकै संक्रामक रहेको र यो फैलियो भने जापानको स्वास्थ्य प्रणाली धराशायी हुने चेतावनी समेत समितिले दिएको छ । विदेशबाट जापान आउनेहरुमाथिको प्रवेश प्रतिबन्ध थप कसिलो बनाउन र उनीहरुको स्वास्थ्य अवस्थाको राम्ररी निगरानी गर्न समेत समितिले आग्रह गरेको छ ।

जापानमा नयाँ प्रकार पहिचान भयो भने सम्पर्क पहिचान गर्न सकिने समितिका अध्यक्ष तथा नेशनल इन्ष्टिच्यूट अफ इन्फेक्शश डिजिजका प्रबन्ध निर्देशक ताकाजी वाकिताले बताए ।

जापानमा कोरोना संक्रमितको संख्या कीर्तिमानी स्तरमा रहेको र देशभर संक्रमितको संख्या बढ्दै गइरहेको समितिको भनाइ छ ।