टोकियो, जापान ।
कोरोना भाइरसबाट संक्रमित भएका ४८ जनाको सोमबार डिसेम्बर २१ तारिख जापानमा निधन भएको छ ।
पछिल्लो २४ घण्टामा रात ९ बजेसम्ममा १८ सय ४ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको विवरण अनुसार सोमबार धेरै निधन हुनेमा ओसाका ११, होक्काईदो ८, ह्योगो ५, खानागावा ४ तथा साईतामा ३ जना रहेका छन् ।
यसैगरि धेरै कोरोना संक्रमित पाईएका प्रिफेक्चरमा टोकियो ३९२, खानागावा १८८, ओसाका १९०, चिबा र साईतामा ११७, होक्काईदो ११० रहेको छ । सोमबार ४७ मध्ये ४३ प्रिफेक्चरमा नयाँ कोरोना संक्रमित पुष्टि भएका छन् ।
यसैगरि एयरपोर्ट क्वारिन्टिनमा २८ जना नयाँ संक्रमित थपिएर १७ सय ७९ पुगेको छ ।
जापानमा हाल कोरोना संक्रमण भएर उपचाररत ६ सय ३ जना गम्भिर बिरामी रहेका छन् ।
जापानमा कोरोना संक्रमित संख्या हालसम्म २ लाख १ हजार ७ सय ६० पुगेको छ । संक्रमित मध्ये २९ सय ७८ जनाले ज्यान गुमाएका छन् ।
उपचार पश्चात १ लाख ६८ हजार १ सय ७२ जना निको भएर डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
डिसेम्बर १७ तारिखमा जापानमा ३९ हजार ३ सय ६० जनाको पीसीआर परीक्षण गरिएको छ ।