टोकियो, जापान ।
टोकियो महानगरपालिकामा सोमबारको दिन कोरोना भाइरस संक्रमण बृद्धिको नयाँ किर्तिमान बनेको छ ।
संक्रमित बृद्धिको यो रेकर्ड सोमबारको दिनको भएको र संक्रमित संख्या ३९२ जना रहेको महानगरले जनाएको छ ।
डिसेम्बर २१ तारिखका दिनमा पुष्टि भएको यो संख्या शनिवार र आइतबार अधिकाशं पीसीआर परीक्षण गरिने अस्पताल तथा स्वास्थ्यसंस्थाहरु बन्द रहँदा समेत किर्तिमानी संख्या भएको महानगरले जनाएको छ ।
सोमबार पुष्टि भएका संक्रमितमा १० देखी ९० बर्ष उमेर समुहका रहेका छन् ।
संक्रमित संख्या अनुसार १० बर्ष भन्दा कम उमेर र किशोर उमेरका संक्रमितहरु समेत रहेका छन् ।
१०१ जना २० बर्ष उमेर समुहका
९७ जना ३० बर्ष उमेर समुह
४० बर्ष उमेर समुह ५८ जना
५० बर्ष उमेर समुह ५७ जना
६० बर्ष उमेर समुह २२ जना
७० बर्ष उमेर समुह १७ जना
८० बर्ष उमेर सहुका १७ जना र
९० बर्ष उमेर समुहका १० जना कोरोना भाइरस संक्रमित पुष्टि भएका छन् ।
टोकियोमा आज कोरोना भाइरसका गम्भिर बिरामीको संख्या ६३ पुगेको छ ।
टोकियोमा हालसम्म कोरोना भाइरसबाट संक्रमितको संख्या ५१ हजार ८ सय ३८ जना पुगेको छ ।