(Japan) 27 th July | 2026 | Monday | 10:04:48 PM || (Nepal) 6:49:48 PM
 
 

ओकायामा प्रिफेक्चरमा कोरोना संक्रमित बृद्धिको नयाँ किर्तिमान

  POSTED ON : Sunday, 20 December, 2020 | Views : 2776

ओकायामा प्रिफेक्चरमा कोरोना संक्रमित बृद्धिको नयाँ किर्तिमान


ओकायामा, जापान ।

जापानको ओकायामा प्रिफेक्चरमा आज कोरोना भाइरस संक्रमित बृद्धिको नयाँ किर्तिमान बनेको छ ।

दिउँसो ३ बजेसम्ममा ओकायामा प्रिफेक्चरमा १ सय ११ जना कोरोनाका बिरामी पुष्टि भएका छन् । प्रिफेक्चर अधिकारीहरुका अनुसार एकैदिन संक्रमित बृद्धिको सर्वाधिक रेडर्क बन्ने क्रममा सबैभन्दा बढी ५८ जना ओकायामा शहर पुष्टि भएका छन् ।

यसबाहेक संक्रमित पाईएका अन्य स्थानमा कुरासिकी शहर ३०, चुयामा शहर ७, सेतोउची शहर र मानावी शहर ५ काकिवा, बिजेन, आसाकुची, तामानो शहर तथा नागी र हायासिमा उपत्यकामा एक एक जना संक्रमित पुष्टि भएका छन् ।

यसअघि हिजो १९ तारिख मात्र ओकायामा प्रिफेक्चरमा ६० जना संक्रमित नाघेका थिए ।

आज पुष्टि भएका सहित यहाँ कोरोनाका संक्रमितको संख्या बढेर एक हजार नाघेको छ । तथ्यांक अनुसार ओकायामा प्रिफेक्चरमा संक्रमितको संख्या १,०८२ पुग्दा निको हुनेको संख्या ७ सय र १२ जना संक्रमितले ज्यान गुमाएका छन् ।