टोकियो, जापान ।
आज डिसेम्बर २० तारिख टोकियो महानगरपालिकामा दिउँसो ३ बजेसम्ममा ५५६ जना नयाँ कोरोना भाइरसका बिरामी पुष्टि भएका छन् ।
टोकियो महानगरका अनुसार आइतबारको दिन टोकियोमा कोरोना संक्रमितको यो संख्या अहिलेसम्मकै उच्च हो । यद्यपी एकैदिन संक्रमितको संख्या भने ८२२ जनाको रेकर्ड रहेको छ ।
आइतबारको दिन ५ सय भन्दा धेरै कोरोनाका बिरामी पहिलो पटक पुष्टि भएको महानगर अधिकारीहरुले बताएका छन् ।
टोकियोमा आज थपिएका सहित कोरोना भाइरसका बिरामीको संख्या ५१ हजार ४ सय ४६ पुगेको छ ।
टोकियोमा संक्रमित मध्ये ४४ हजार व्यक्ति निको भएका छन् भने ५५० बढीको निधन भईसकेको छ ।