(Japan) 27 th July | 2026 | Monday | 10:05:01 PM || (Nepal) 6:50:01 PM
 
 

फुकुशिमा प्रिफेक्चरमा आज अहिलेसम्मकै सर्वाधिक कोरोना संक्रमण

  POSTED ON : Sunday, 20 December, 2020 | Views : 4486

फुकुशिमा प्रिफेक्चरमा आज अहिलेसम्मकै सर्वाधिक कोरोना संक्रमण


फुकुशिमा, जापान ।

जापानको तेस्रो ठूलो प्रिफेक्चर फुकुशिमामा बढ्दै गएको कोरोना भाइरस संक्रमणले बिकराल रुप लिन थालेको छ ।

संक्रमितको संख्यामा लगातार थपघट हुँदै उकालो लाग्ने क्रममा डिसेम्बर २० तारिख आईतबार अहिलेसम्मकै सर्वाधिक संक्रमण पुष्टि भएको हो ।

फुकुशिमा प्रिफेक्चर अधिकारीहरुका अनुसार आईतबार ३५ जनामा कोरोना भाइरस संक्रमण भेटिएको छ ।

संक्रमणको मुख्य थलो फुकुशिमा शहर भएको अधिकारीहरुको भनाइ छ । ३१ जना संक्रमित यहाँ पुष्टि भएका छन् ।

यसैगरि एईजु वाकामाचु, ईवाकी र दाते शहरमा पनि संक्रमित भेटिएका छन् ।

सबै स्थानमा गरि ३५ जनामा कोरोना भाइरस पोजेटिभ पाईएको र एकैदिन संक्रमित पुष्टि भएको यो संख्या अहिलेसम्मकै सर्वाधिक हो ।

यहाँ लगातार १९ दिन यता संक्रमित पुष्टि हुँदै आएका छन् । फुकुशिमा प्रिफेक्चरमा हालसम्म कोरोना भाइरसका संक्रमितको संख्या ७ सय ३२ पुगेको छ ।

यहाँ कोरोना भाइरसका ११ जना बिरामीले ज्यान गुमाएका छन् । संक्रमित संख्या मध्ये ५ सय २४ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।

फुकुशिमा प्रिफेक्चरमा १८ लाख भन्दा केही बढि जनसंख्या रहेको छ ।