(Japan) 27 th July | 2026 | Monday | 7:10:57 AM || (Nepal) 3:55:57 AM
 
 

जापानमा कोरोना संक्रमित १ लाख ६४ हजार ब्यक्ती निको-शनिबार २९९१ संक्रमित, ३८ को निधन

Sajina Moktan   POSTED ON : Sunday, 20 December, 2020 | Views : 2032

जापानमा कोरोना संक्रमित १ लाख ६४ हजार ब्यक्ती निको-शनिबार २९९१ संक्रमित, ३८ को निधन


टोकियो, जापान ।

डिसेम्बर १९ तारिख जापानमा २९ सय ९१ जना नयाँ कोरोना संक्रमित थपिएका छन ।

शनिबारको तथ्यांक अनुसार ३८ जना कोरोनाका बिरामीको यो अवधिमा निधन भएको छ ।

हालसम्मको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको विवरण अनुसार कोरोना संक्रमण भएका करिब १ लाख ६४ हजार ब्यक्ती निको भइसकेका छन ।

देशभर कोभिड-१९ संक्रमितको संख्या १ लाख ९७ हजार ४ सय ६४ पुगेको छ ।

यसमा १ लाख ६३ हजार ९ सय ६७ जना संक्रमण मुक्त भएर सामान्य अवस्थामा फर्किएका छन ।

कोरोना भाइरसबाट संक्रमित भएका देशभर गरेर २८ सय ९२ जनाको निधन भएको छ ।

संक्रमण र निधनको तथ्यांक अनुसार योकोहामा क्रुजका ७१२ र एयरपोर्ट क्वारिन्टिनमा १७२६ जना कोरोना भाइरसबाट संक्रमित भएका छन ।

यसमा क्रुजका १३ र एयरपोर्ट क्वारिन्टिनका संक्रमित १३ जनाकै निधन भएको छ ।

संक्रमण र निधनको यो दुबै विवरण कुल तथ्यांकमा समेटिएको छ ।

मन्त्रालयले जारी गरेको विवरण अनुसार जापानभर उपचाररत ५९८ जना कोरोना संक्रमितको अवस्था गम्भिर रहेको छ ।