(Japan) 27 th July | 2026 | Monday | 7:10:25 AM || (Nepal) 3:55:25 AM
 
 

जापानमा दुई महिनापछी कोरोनाको खोप लगाउन सुरु गरिंदै

  POSTED ON : Saturday, 19 December, 2020 | Views : 3640

जापानमा दुई महिनापछी कोरोनाको खोप लगाउन सुरु गरिंदै


टोकियो, जापान ।

जापानले फेबु्रअरी महिनाबाटै कोभिड - १९ विरोधी खोप लगाउन थाल्ने भएको छ ।

सो अवधिमा स्वास्थ्यकर्मीहरुलाई खोप लगाउने तयारी गर्न स्वास्थ्य मन्त्रालयले स्थानीय सरकारहरुलाई आदेश दिएको भन्दै एनएचकेले समाचार छापेको छ ।

मन्त्रालयका अधिकारीहरुले शुक्रवार देशभरका प्रिफेक्चरल र नगर सरकारकहाँ खोप योजनाको खाँका पेश गरेका छन् । फेबु्रअरीको अन्त्यतिर खोप लगाउन करीब १० हजार स्वास्थ्य पेशाकर्मीहरुलाई अनुमति दिन एउटा प्रणालीको स्थापना गर्न खाँकामा भनिएको छ । बाँकी रहेका करीब ३० लाख स्वास्थ्यकर्मीहरुलाई भने मध्य मार्चतिर खोप लगाइने अपेक्षा गरिएको छ ।

वृद्धवृद्धाहरुको खोप भने मार्चको अन्त्यतिर शुरु हुने अपेक्षा मन्त्रालयले गरेको छ । बाँकी रहेका अन्य मानिसहरुलाई भने अप्रिल वा त्यसपछि खोप लगाइनेछ । यति बेला प्राथमिकता भने दीर्घ रोग वा अन्य स्वास्थ्य अवस्था खराब भएका मानिसहरुलाई दिइनेछ ।


खोप लगाउने स्थल चयन गर्न र खोप लगाइने व्यक्तिहरुको नाममा कूपन जारी गर्न स्थानीय सरकारहरुलाई भनिएको खाँकामा उल्लेख छ । मन्त्रालयले आगामी वर्षको पहिलो अर्धवार्षिक अवधिमा खोप शुरु गर्ने लक्ष्य राखेको छ । खोप आपूर्तिका लागि सरकारले तीन विदेशी कम्पनीसँग सम्झौता पनि गरिसकेको छ । खोपको पूर्ण विकास भएपछि ती कम्पनीहरुले जापानलाई खोपको डोज आपूर्ति गराउनेछन् ।