टोकियो, जापान ।
जापानको राजधानी टोकियोमा डिसेम्बर १९ तारिख शनिबार ७ सय ३६ जना नयाँ कोरोनाका बिरामी पुष्टि भएका छन् ।
टोकियो महानगरका अनुसार शनिबार पुष्टि भएको यो संख्या अहिलेसम्मकै दोस्रो सर्वाधिक रेकर्ड हो ।
अहिलेसम्म सबैभन्दा धेरै ८२२ जना डिसेम्बर १७ तारिख पुष्टि भएको महानगरले जनाएको छ ।
टोकियोमा आज थपिएका सहित कोरोनाका बिरामिको संख्या ५० हजार ८ सय ९० पुगेको छ ।
संक्रमित मध्ये ४४ हजार १ सय ५१ व्यक्ति निको भएर डिस्चार्ज भईसकेका छन् । यसैगरि संक्रमित मध्ये ५ सय ६१ जनाको कोरोनाकै कारण निधन भएको छ ।
टोकियोमा कोरोना संक्रमण भएर उपचाररत ६६ जनाको अवस्था गम्भिर रहेको महानगरको तथ्यांकमा उल्लेख छ ।
टोकियो महानगरले हाल कोरोनाका बिरामीको लागि ३ हजार बेड अस्पतालमा सुरक्षित राखेको छ । तर यसरी सुरक्षित राखिएका मध्ये २१ सय बेड कोरोनाका बिरामीले भरिएको महानगरले जनाएको छ ।