(Japan) 27 th July | 2026 | Monday | 7:11:51 AM || (Nepal) 3:56:51 AM
 
 

टोकियोमा कोरोना उपचार कठिन अवस्थामा-उपचार उपलब्धताको उच्चतम् अलर्ट

  POSTED ON : Saturday, 19 December, 2020 | Views : 2632

टोकियोमा कोरोना उपचार कठिन अवस्थामा-उपचार उपलब्धताको उच्चतम् अलर्ट


टोकियो, जापान ।

टोकियो महानगरपालिका सरकारले कोरोना भाइरसको संक्रमणसँग सम्बन्धित स्वास्थ्य उपचार उपलब्धता अलर्ट बढाएर उच्चतम् स्तरमा पुर्याएको छ ।

बिहिवार त्यहाँको सरकारले राजधानीमा स्वास्थ्य उपचार प्रणाली दबाबमा रहेको भन्दै अलर्ट चौथो स्तरमा पुर्याएको हो ।

महानगर सरकारको कोभिड - १९ निगरानी बैठकमा सो कदम चालिएको हो । कोरोना संक्रमित बिरामीहरुको उपचार गर्दा गर्दै सामान्य खालको स्वास्थ्य सेवा दिन अस्पतालहरुलाई गाह्रो भएको बैठकमा विज्ञरुहले बताएका थिए ।

टोकियोमा संक्रमितहरुको संख्या उच्च दरमा बढेसँगै अस्पतालमा भर्ती भएर उपचार गराउनु पर्ने संक्रमितको संख्या नोभेम्बरयता बढ्न थालेको छ । बुधवार अस्पतालमा उपचारत कोभिड - १९ का बिरामीको संख्या कूल १ हजार ९६० पुगेको थियो ।

डिसेम्बर १० मा बसेको अघिल्लो निगरानी बैठकमा महानगर सरकारले स्वास्थ्य उपचार उपलब्धतासँग सम्बन्धित अलर्ट दोस्रो उच्च स्तरमा यथावत् राखेको थियो । तर त्यति बेला नै विज्ञहरुले टोकियोको चिकित्सा क्षेत्र सामान्य बिरामीको उपचार गर्न नसक्ने अवस्थामा पुग्ने संघारमा रहेको चेतावनी दिएका थिए ।