(Japan) 27 th July | 2026 | Monday | 7:10:57 AM || (Nepal) 3:55:57 AM
 
 

टोकियो कोभिड-१९ अपडेट ! आज ६६४ सहित संक्रमित ५० हजार नाघ्यो

Prakash Panta   POSTED ON : Friday, 18 December, 2020 | Views : 2402

टोकियो कोभिड-१९ अपडेट ! आज ६६४ सहित संक्रमित ५० हजार नाघ्यो


टोकियो, जापान ।

हिजो अहिलेसम्मकै धेरै कोरोना भाइरसका बिरामी पुष्टि भएको राजधानी टोकियोमा आज ६ सय ६४ जना नयाँ संक्रमित पुष्टि भएका छन् ।

टोकियो महानगरका अनुसार डिसेम्बर १८ तारिख शुक्रबार दिउँसो ३ बजेसम्ममा ६६४ संक्रमित पुष्टि भएका हुन् ।

टोकियोमा ६ सय भन्दा धेरै कोरोनाका बिरामी भेटिएको आज लगातार तेस्रो दिन हो ।

यसअघि हिजो बिहिबार अहिलेसम्मकै धेरै एकैदिन ८२२ संक्रमित पुष्टि भएका थिए ।

टोकियो महानगरका अनुसार आज थपिएका सहित टोकियोमा कोरोना संक्रमण भएकाको संख्या ५० हजार १ सय ५४ पुगेको छ ।

संक्रमित मध्ये ४३ हजार ५ सय ८३ जना निको भएर डिस्चाज हुदा ५ सय ५७ जनाको निधन भएको टोकियो महानगरको तथ्यांकमा उल्लेख छ ।