(Japan) 27 th July | 2026 | Monday | 7:11:14 AM || (Nepal) 3:56:14 AM
 
 

जापानमा कोरोना संक्रमणको सबैभन्दा बढी संख्या ३,२११ संक्रमित-३८ को निधन

Sima khadka   POSTED ON : Friday, 18 December, 2020 | Views : 2936

जापानमा कोरोना संक्रमणको सबैभन्दा बढी संख्या ३,२११ संक्रमित-३८ को निधन


टोकियो, जापान ।

कोरोना भाइरसबाट संक्रमण भएका, गम्भिर बिरामी र मृतकको संख्या बृद्दिमा जापानमा एकपछि अर्को खराब किर्तिमान बन्न थालेको छ ।

निधन तथा गम्भिर बिरामीको संख्यामा अघिल्लो दिनको हाराहारीमा पाइएपनि डिसेम्बर १७ तारिख जापानमा संक्रमितको संख्या बृद्दिमा नयाँ किर्तिमान बनेको छ ।

स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको तथ्यांक अनुसार बिहीवार ३२ सय ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

४७ मध्ये ४४ प्रिफेक्चर र एयरपोर्ट क्वारिन्टिनमा ६ जना संक्रमित पाईदा राजधानी टोकियोले अहिलेसम्मको खराब रेकर्ड बनाएको छ ।

विवरण अनुसार टोकियोमा ८२२, ओसाका ३५१, खानागावा ३१९, आईची २३८, साइतामा १९६, ह्योगो १६४, चिबा १४८, होक्काइदो १३९, हिरोसिमा १३८, फुकुओकामा १०८ जना नयाँ संक्रमण रहेको छ ।

निधन तर्फ ओसाका प्रिफेक्चर १२ जना, होक्काइदो ६, ह्योगो, साइतामा र शिजुओखा ३ तथा चिबा, आइची र इबाराकीमा २ गरी देशभर ३८ जनाले एकैदिन ज्यान गुमाएका छन ।

पछील्लो २४ घण्टामा थपिएका सहित जापानमा कोरोनाका बिरामीको संख्या १ लाख ९१ हजार ६ सय ४७ पुगेको छ ।

संक्रमितको संख्यामा १ लाख ५८ हजार ९ सय ४६ जना हालसम्म स्वास्थ्यलाभ गरेर डिस्चार्ज गरिसकिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

विवरण अनुसार कोरोना संक्रमणबाट जापानमा २८ सय ६ जनाले ज्यान गुमाएका छन ।

अझै उपचार गराइरहेका ६०५ जनाको अवस्था चिन्ताजनक रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोभिड-१९ परीक्षण तर्फ जापानमा डिसेम्बर १५ तारिख देशभर ३९,१९७ जनाको चेकजाँच गरिएको थियो ।