(Japan) 27 th July | 2026 | Monday | 7:12:14 AM || (Nepal) 3:57:14 AM
 
 

टोकियोमा कोरोना महामारीको अत्यन्त खराब अवस्था, ८ सय धेरैमा संक्रमण पुष्टि

Sajina Moktan   POSTED ON : Thursday, 17 December, 2020 | Views : 3912

टोकियोमा कोरोना महामारीको अत्यन्त खराब अवस्था, ८ सय धेरैमा संक्रमण पुष्टि


टोकियो, जापान ।

जापानको राजधानी टोकियोमा कोरोना भाइरस संक्रमणको महामारी उत्कर्षमा पुग्ने क्रममा डिसेम्बर १७ तारिख बिहिबार संक्रमित संख्यामा अर्को खराब किर्तिमान बनेको छ ।

टोकियो महानगरका अनुसार दिउँसो ३ बजेसम्ममा एकैदिन ८ सय २२ जना कोरोनाका बिरामी भेटिएका छन् ।

टोकियोमा एकैदिन ८ सय जना भन्दा धेरै संक्रमित पाईएको यो पहिलो पटक हो । 

संक्रमित संख्या ४ बजेसम्ममा ८ सय २२ पुगेको अधिकारीहरुले बताएका छन् ।

बिहिबार संक्रमित पाईएकामा १० देखी ९० बर्ष उमेर समुहका व्यक्तिहरु छन् । 

हिजो मात्र टोकियोमा अहिलेसम्मकै धेरै ६ सय ७८ जनामा कोरोना भाइरस पोजेटिभ पाईएको थियो ।

डिसेम्बर १४ तारिख १० हजार ९ सय ९ जनाको परीक्षण गरिएकोमा यति संख्यामा संक्तमित पाईएको बताईएको छ ।

टोकियोमा आज पुष्टि भएका संक्रमित संख्यामा १ सय १२ जना ६५ बर्षभन्दा बढी उमेरका रहेका छन् । जुन बृद्धसंख्याको अहिलेसम्मकै सर्वाधिक हो ।

उमेरका आधारमा संक्रमितहरुमध्ये २३ जना १० बर्ष भन्दा कम उमेर, ४७ जना किशोर किशोरी तथा २० बर्ष उमेर समुहका सबैभन्दा धेरै २०१ जना रहेका छन् ।

३० बर्ष उमेर समुहका १६९ जना, ४० बर्ष उेमर समुहका १२३, ५० बर्ष उमेर सकुहका ११३ र ६० बर्ष उमेर समुहका ६३ जना रहेका छन् ।

यसैगरि ४३ जना ७० बर्ष उमेर समुहका, २६ जना ८० बर्ष र ९० जना १४ बर्ष उमेरका रहेका छन् ।

४९ हजार जनामा कोरोना संक्रमण पुष्टि भईसकेको टोकियोमा कोरोना भाइरसबाट ४३ जनार जना निको भएका छन् ।

अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित भएका ५ सय ६० जनाको निधन भएको छ ।