(Japan) 27 th July | 2026 | Monday | 7:10:19 AM || (Nepal) 3:55:19 AM
 
 

बुधवार ४५ प्रिफेक्चरमा ३ हजार जनामा कोरोना संक्रमण, ५३ जनाको निधन

Sangita bhatta   POSTED ON : Thursday, 17 December, 2020 | Views : 2586

बुधवार ४५ प्रिफेक्चरमा ३ हजार जनामा कोरोना संक्रमण, ५३ जनाको निधन


टोकियो, जापान ।

डिसेम्बर १६ तारिख बुधवार जापानमा करिब ३ हजार जना नयाँ कोरोनाका बिरामी थपिएका छन ।

यो अवधिमा कोरोना भाइरसबाट बिरामीभएका ५३ जनाको निधन भएको छ ।

स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको तथ्यांक अनुसार रात ११ बजेसम्ममा २९ सय ९३ जना संक्रमित पहिचान भएको छ ।

जसमा सबैभन्दा धेरै संक्रमित राजधानी टोकियोमा ६७८ जना रहेका छन ।

धेरै संक्रमण पाइएका अन्य प्रमुख प्रिफेक्चरहरुमा ओसाका ३९६, खानागावा २८७, आइची २४८, साइतामा १७९, फुकुओका १४१, ह्योगो १३५, चिबा १२३ क्योतो ९७, हिरोसिमा ९२, होक्काइदो ८६ जना रहेका छन ।

नयाँ बिरामी सहित जापानमा हालसम्म कोरोना भाइरसबाट संक्रमितको संख्या १ लाख ८८ हजार ४ सय ३७ पुगेको छ ।

बुधवार निधन तर्फ सबैभन्दा धेरै होक्काइदो र ओसाका समान ११ जना, टोकियोमा १०, ह्योगो ८ जना रहेका छन ।

थपिएका ५३ जना सहित जापानमा कोरोना संक्रमणबाट हालसम्म २७ सय ६८ जनाको निधन भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको विवरण अनुसार जापानमा पहिलोपटक कोरोना संक्रमित गम्भिर बिरामीको संख्या ६ सय नाघेको छ । अहिले जापानमा ६१८ जना गम्भिर बिरामी रहेको सरकारी तथ्यांकमा उल्लेख छ ।

कोरोना संक्रमित मध्ये १ लाख ५६ हजार २ सय ६ जना भने निको भइसकेको सरकारी विवरणमा उल्लेख छ ।

गत डिसेम्बर १४ तारिख जापानभर गरेर ३६,८७८ जनाको कोभिड-१९ परीक्षण गरिएको थियो ।