टोकियो, जापान ।
पछील्लो २४ घण्टामा जापानमा कोरोना भाइरसबाट संक्रमित २४ सय ३१ जना नयाँ बिरामी थपिएका छन ।
यही अवधिमा एकैदिन सर्वाधिक ५३ जना कोरोनाका बिरामीको निधन भएको छ ।
जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको तथ्यांक अनुसार हालसम्म कोरोना संक्रमितको संख्या १ लाख ८५ हजार ४ सय ४४ पुगेको छ ।
यसमा घरेलु कोरोनाका बिरामी १८४,७३२ र योकोहामा क्रुजका ७१२ जना रहेका छन ।
निधन तर्फ क्रुजका १३ र घरेलु २,७०२ जना गरेर जापानमा कोरोना संक्रमित भएका २७ सय १५ जनाको निधन भएको छ ।
यसैगरी कोरोना संक्रमित ५९२ जनाको अवस्था हाल गम्भिर रहेको छ । जापानमा कोरोना महामारियताकै गम्भिर बिरामीको यो संख्या सर्वाधिक हो ।
कोरोना संक्रमित भएका मध्ये १ लाख ५४ हजार १ सय ७८ जना निको भएर डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।