टोकियो, जापान ।
डिसेम्बर १४ तारिख जापानमा ३३ जना थप कोरोनाका बिरामीको निधन भएको छ ।
स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको तथ्यांक अनुसार साँझ ८ बजेसम्ममा सोमबार १६ सय ७७ जना नयाँ कोरोनाका बिरामी थप भएका छन् ।
सोमबार पनि जापानमा धेरै कोरोनाका बिरामी टोकियोमा ३०५ जना थपिएका छन् । निधन तर्फ होक्काईदोमा १५ जनाको निधन भएको विवरणमा उल्लेख छ ।
जापानभर हालसम्म कोरोनाका बिरामीको संख्या १ लाख ८३ हजार १३ जना पुगेको छ ।
ज्यान गुमाउनेको संख्या हालसम्म २६ सय ४८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हालसम्म कुल संक्रमित मध्ये १ लाख ५१ हजार ६ सय ६ जना निको भएर डिस्चार्ज भएका छन् ।
यस बाहेक हाल उपचार गराईरहेका ५ सय ८८ जना गम्भिर अवस्थामा पुगेको तथ्यांकमा उल्लेख छ ।